Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:०५:२२ दिउँसो
- ADVERTISEMENT -

सानको साधन बन्यो सवारी पास

प्रकाशित मिति: २०७७ वैशाख ३, बुधबार

918
Shares

काठमाडौं, ३ बैशाख २०७७ । कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि लागू भएको लकडाउनको उल्लङ्घन गर्ने र पासको दुरुपयोग हुने क्रम बढेको छ ।

अनावश्यक व्यक्तिहरुले विभिन्न बहानामा वा झुटा विवरण पेश गरेर पास लिने गरेको पाइएको छ । पासको दुरुपयोग भएपछि त्यसको नियन्त्रण कडाइ थालिएको छ । पास दिन र दिएको पासको दुरुपयोगबारे आजदेखि कडाइका साथ अनुगमन शुरु भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले पासको दुरुपयोग रोक्न पहिले लिएको पासलाई निरन्तरता दिँदै अब भने मृत्यु संस्कार, बिरामी र मलामीका लागि मात्रै पास दिने जानकारी दिए। आज प्रशासनले विज्ञप्ति जारी गरी पास दुरुपयोग भएकाले नियन्त्रण गर्न लागिएको जनाएको छ ।

अघिल्लो हप्ता एक व्यक्तिले आफन्त बितेको भनेर पास लिएका थिए । उनले त्यो पासबाट यात्रु बोकेको पाइएपछि प्रहरीले पक्राउ गरेको थियो । सान देखाउनका लागि समेत पास लिने गरेको पाइएको प्रहरीले जनाएको छ । विभिन्न बहानामा यसरी पास लिने बढीरहेकाले अहिले सडकमा सवारी आवागमन समेत बाक्लिएको छ । सरकारले अत्यावश्यक कामका लागि मात्रै पास लिन अनुरोध गरेको छ ।

यसअघि दिइएको पहेँलो रङ्को पास भने कायमै राखिएको छ । केही दिनदेखि ई–पासको व्यवस्था गरिए पनि त्यसको समेत दुरुपयोग हुन थालेपछि रोक्न लागिएको हो । “घरमा बसेर जथाभावी सन्देश पठाएर पास माग्ने गरेको देखियो, सात हजार बढीको ई–सन्देश आइसकेको छ, त्यसलाई रोक्नुको विकल्प छैन, बहाना बनाएर पास लिने बढे”, प्रजिअ दाहालले भने।

प्रहरीले पास लिएर गुड्ने सवारी साधनले दुरुपयोग समेत भएको पाइएपछि अनुगमनमा समेत कडाइ थालेको छ । लकडाउन अबधिमा पास लिएरसमेत धेरै सङ्ख्यामा सवारी साधन गुड्ने गरेकाले ट्राफिक प्रहरीले त्यस्ता सवारीलाई कडाइ गर्न लागेको हो ।

सम्बन्धित व्यक्तिको अनुरोधमा निश्चित प्रयोजन र समायाबधिका लागि भनि तोकिएको पासलाई अर्कै प्रयोजन र जुनसुकै समयमा समेत प्रयोग गरेको पाइएकोले त्यस्ता सवारी साधनहरुलाई ट्राफिक प्रहरीले कडाइका साथ जाँच र कारबाही गने थालेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो । उनले भने, “अत्यावश्यक काम बाहेक अन्य समयमा घुमफिर गर्न, भेटघाट गर्न, अनावश्यक रुपमा बाहिर निस्किन तथा पास छ भनेर सान देखाउँदै हिड्ने गरेको भेटियो, अब त्यस्ता सवारी साधनलाई ट्राफिक प्रहरीले निगरानी गर्नेछ ।”

प्रहरीका अनुसार उपत्यकामा अहिलेसम्म लकडाउन उल्लङ्घन गर्ने आठ हजार ९७४ सवारी साधन होल्ड तथा एक हजार ८४६ वटा पासको दुरुपयोग गरी गुडेको सवारी साधनको पासलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । लकडाउनको समयमा २१ जना मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई पनि कारबाही गरिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए । यसरी दुरुपयोग गरेको पाइएमा भने लकडाउन अवधिभर नै सवारी साधन राखिने जनाइएको छ ।

ट्राफिक प्रहरी महाशाखाले उपत्यकमा दिनमा १५५ स्थान र रातमा ४५ स्थानमा चेक प्वाइन्ट राखी जाँचको व्यवस्था मिलाएको छ भने अन्य स्थानहरुमा संयुक्त जाँच हुने गरेको छ । जाँचको क्रममा ट्राफिक प्रहरीले पास भए नभएको अलावा पासको प्रयोग, अनुमति प्राप्त व्यक्ति भए नभएको सोधपुछसमेत गर्नेछ ।

कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारले चैत ११ गतेदेखि लकडाउनको आदेश जारी गरेको थियो । सरकारले लकडाउनलाई थपेर वैशाख १५ गतेसम्म जारी गर्ने निर्णय गरिसकेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ बाट नेपालमा १६ जना सङ्क्रमित भएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -