Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:०७:५१ दिउँसो
- ADVERTISEMENT -

‘घुम्ती परिक्षण शिविर’ सुरु गरौं : कांग्रेस

प्रकाशित मिति: २०७७ वैशाख ३, बुधबार

613
Shares


काठमाडौँ, ३ वैशाख २०७७ । नेपाली कांग्रेसले कोरोना परीक्षणको दायरा बढाउन घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्न माग गरेको छ

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले परीक्षणको दायरा बढाउन घुम्ती स्वास्थ्य शिविरकै शैलीमा समुदाय समक्ष पुग्नुपर्ने बताएका हुन् ।

‘परीक्षणको दायरा अब निश्चित केन्द्रबाट ‘घुम्ती स्वास्थ शिविर’ को शैलीमा समुदाय समक्ष पुर्‍याउन अनिवार्य भएको छ। अतः गाउँ तहसम्म ‘घुम्ती परिक्षण शिविर’ चलाउने तयारी तत्काल सुरू गर्न तीनै तहको सरकारलाई युद्धस्तरमा समन्वय साथ कार्य गर्न कांग्रेस अपील गर्दछ’ शर्माले बुधबार निकालेको विज्ञप्तिमा उल्लेख छ।

यस्तो छ कांग्रेसको अपिल:

जोखिम सामना गर्न सामग्री, दक्षता र गति बढाऔं।
‘घुम्ती परिक्षण शिविर’ सुरु गरौं!

कोरोना संक्रमणको जोखिम बढेको स्थिति दृष्टिगत गरेर सरकारले लक डाउनको समयावधि थप गर्नुलाई हामीले स्वभाविक रूपमा लिएका छौं। लकडाउनको समय थप्ने तर कोरोनासँग जुध्ने गति र सतर्कताको मात्रा थप्न नसक्ने हो भने लकडाउन गरेर मात्रै कोरोनालाई परास्त गर्न सकिन्न। (लक डाउनका बावजुद कयौं देश कोरोनाको चपेटामा परेको अनुभवबाट शिक्षा लिंदै, थपिएको पछिल्लो अवधिमा अघिल्लो चरणका कमजोरी अन्त्य गरेर सतर्कताको स्थितिलाई मजबुत तुल्याउन नेपाली कांग्रेस सरकार समक्ष अपिल गर्दछ)।

आजको यो वक्तव्य यस सम्बन्धि अन्य समग्र बिषयमा नगएर केवल मेडिकल सामग्रीको आयात एवं परिक्षणको दायरा बिस्तारमा थप गति र यस सम्बन्धि थप सतर्कताका लागि सरकार र समुदायको ध्यानाकर्षण गराउन र परिस्थितिको गम्भीरता बमोजिम गति बढाऔं भन्ने आग्रहमा केन्द्रित रहेको छ।

(१) अत्यावश्यक मेडिकल सामग्री खरिद गर्ने या निश्चित मुलुकबाट मानवीय सहयोगका रूपमा आयात गर्ने कार्यमा अझैपनि ढिलाइ भइरहेको बिषयलाई नेपाली कांग्रेसले गम्भीरता पूर्वक लिएको छ। पारदर्शी ढंगले कुन प्रक्रिया र कुन माध्यमबाट ल्याउने त्यो सरकारको अधिकार क्षेत्रको बिषय हो। तर कोरोनाबाट संक्रमितको संख्या बढ्दै गएको आजको मितिमा सामग्रीको पर्याप्त बन्दोबस्त गर्न अब रत्तिभर ढिलाइ नगर्न हामी आग्रह गर्दछौं।

(२) परीक्षण गर्ने केन्द्रहरु बिस्तार गरिनु सकारात्मक छ। तर र्‍यापिड टेस्टको परिणाम भने विश्वब्यापी रुपमै विश्वसनीय र भरपर्दो नदेखिएको स्थितिमा हामीले पिसिआर विधिको ब्यापकता बढाउन जरुरी छ। सोही बमोजिमको क्षमता अभिवृद्धि गर्ने कार्यमा तदारुकताको अपिल गर्दछौं।

(३) नियमित उपचारमा प्रयोगमा रहेका अस्पतालहरुमै कोरोना परीक्षण र उपचार गर्ने कार्य अत्यधिक जोखिमपूर्ण रहेकोे र त्यसबाट संक्रमणले ब्यापकता पाउन सक्ने कतिपय देशको अनुभव देखिएको छ। बाह्य अनुभवलाई गम्भीरतापूर्वक लिएर आवश्यक वैकल्पिक बन्दोबस्त गर्न युद्धस्तरमा तयारी गर्नुपर्ने विकल्पको अर्को कुनै विकल्प सोचिनु हुन्न।

(४) राजधानीको पेप्सिकोलास्थित सनसिटी अपार्टमेण्टका एक परिवारका दुई सदस्यमा कोरोनाको संक्रमण पुष्टि भएको घटनाले उब्जाएका प्रश्नहरुलाई गम्भीरता साथ लिन नेपाली कांग्रेस अनुरोध गर्दछ।

(क) बेलायतबाट आएको २८ दिनपछि परीक्षण नेगेटिभ देखिनु तर नेगेटिभ देखिएका ब्यक्तिहरुमा बाह्य लक्षण नदेखिनु, हाम्रा सन्दर्भमा बिशेष रुपले गम्भीर बिषय हो। संक्रमित रहेका कतिपय मानिसमा बाहिर कुनै लक्षण नदेखिने तर संसर्गमा आएका कयौंलाई उसले भाइरस सार्न सक्ने चेतावनी विश्व स्वास्थ संगठनले केही अघि नै दिएको तथ्यलाई यहाँ गम्भीरता साथ स्मरण गर्न जरुरी छ।

(ख) लकडाउन सुरु हुनुभन्दा अघिल्लो हप्ता देशका विभिन्न नाकाबाट करिब २ लाख नेपाली अव्यवस्थित ढंगले प्रवेश गरेका थिए। प्रवेश गरेकामध्ये १५ प्रतिशत भन्दा कम मात्रै क्वारेन्टाइनमा बसे। बिदेशबाट आएको २८ दिनमा सनसिटी अपार्टमेण्टमा बसेकामा संक्रमण देखिएको स्थिति झैं बाहिरबाट आएर गाउँमा छरिएका कोहि कसैमा लक्षण नदेखिने Asymptomatics रहेछ भने त्यसले भयावह स्थिति निर्माण गर्न सक्दछ।

(जस्तो कि धादिङमा संक्रमण देखिएका युवा ४० दिन अघि कोरियाबाट फर्किएको विवरण आएको छ)।

अतः परीक्षणको दायरा अब निश्चित केन्द्रबाट ‘घुम्ती स्वास्थ शिविर’ को शैलीमा समुदाय समक्ष पु¥याउन अनिवार्य भएको छ। अतः नेपाली कांग्रेस गाउँ तहसम्म ‘घुम्ती परिक्षण शिविर’ चलाउने तयारी तत्काल शुरु गर्न तिनै तहको सरकारलाई युद्धस्तरमा समन्वय साथ कार्य गर्न अपील गर्दछ।

(५) रौतहटमा संक्रमण देखिएका युवक लक डाउनको बेला पैदल हिंडेर नेपाल प्रवेश गरेको पुष्टि भएको छ। सरकारलेनै ब्यवस्थित तरिकाले निश्चित ठाउँबाट प्रवेश गराएर क्वारेन्टाइनमा राख्ने बिषय बाहेक अब थप गम्भीरता नाकामा जरुरी भएको छ।

लकडाउनको समयमा पनि कोहि लुकिछिपी प्रवेश गरेका या गर्न सक्ने नाका चाहे सुदुरपश्चिम कंचनपुरको महाकाली नगरपालिकासंग जोडिएका बनवासा, चक्रपुर या खटेमा होस् या सूदुरपूर्व मेची नगरपालिकाको नकलबन्दा, पाटापुर या सतिघट्टा होस् अथवा तराई–मधेस या हिमाल–पहाडको कुनैपनि नाका, नेपाल र नेपालीको रक्षाका लागि अब चौबीसै घण्टा विशेष सावधानीको अपिल नेपाली कांग्रेस गर्दछ।

विश्वप्रकाश शर्मा
प्रवक्ता एवं प्रमुख
सूचना, संचार तथा प्रचार विभाग
नेपाली कांग्रेस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -