Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:३८:०१ दिउँसो
- ADVERTISEMENT -

भारतमा कोरोना संक्रमित हुने चार हजार नाघ्यो, १०९ को मृत्यु

प्रकाशित मिति: २०७६ चैत २४, सोमबार

681
Shares

काठमाडौं, २४ चैत २०७६ । पछिल्लो तीन दिनमा भारतमा कोरोनाभाइरसका एकहजार बढी संक्रमित थपिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाभाइरसको संक्रमण चार हजार ६७ जनामा पुष्टि भएको छ । भाइरसको संक्रमणबाट हालसम्म १०९ जनाको मृत्यु भएको छ । पछिल्लो १२ घण्टामा मात्रै २६ वटा मृत्युको घटना दत्र्ता गरिएको छ । जुन अहिलेसम्मकै उच्च हो ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको तथ्याङ्क बमोजिम तीन हजार ६६६ जनामा कोरोनाभाइरस सक्रिय छन् । २९१ जना निको भई घर फर्केका छन् । संक्रमितमा ६५ जना विदेशी नागरिक छन् । भाइरसको संक्रमणले सबैभन्दा बढी मृत्यु महाराष्ट्रमा दत्र्ता गरिएको छ । आर्थिक राजधानी मुम्बई शहर पर्ने महाराष्ट्रमा मात्रै ४५ जना मृत्यु दत्र्ता गरिएको छ । गुजरातमा ११, मध्यप्रदेशमा नौ तथा तेलङ्गाना र दिल्लीमा सातसात जनाको मृत्यु भएको हो ।

कोरोनाभाइरस संक्रमितको संख्या पनि महाराष्ट्रमा सबैभन्दा बढी छन् । जहाँ ६९० वटा संक्रमण दत्र्ता गरिएको छ । तामीलनाडूमा ५७१, राजधानी दिल्लीमा ५०३ जनामा संक्रमणको पुष्टि भएको छ । तेलङ्गानामा ३२१, केरलामा ३१४ र राजस्थानमा २५३ जना संक्रमित फेला परेका छन् ।

पश्चिमी नेपालसँग जोडिएको भारतको उत्तरप्रदेशमा २२७ तथा आन्ध्रप्रदेशमा २२६, मध्यप्रदेशमा १६५, १५१ जना कर्नाटका र १२२ जना गुजरात राज्यमा संक्रमितको पहिचान गरिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

जम्मु काश्मीरमा १०६, हरियाणामा ८४, पश्चिम बङ्गालमा ८०, पञ्जाबमा ६८ जनामा संक्रमणको पुष्टि भएको छ । नेपाली भूभागसँग लामो दूरीमा सीमा जोडिएको भारतको बिहार राज्यमा भने ३० जनामा संक्रमणको पुष्टि भएको छ । अस्साम र उत्तराखण्डमा सामान २६ जना संक्रमित छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -