Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:५१:१२ दिउँसो
- ADVERTISEMENT -

‘सेनाले जि टु जि मार्फत स्वास्थ्य सामाग्री खरिद प्रक्रिया द्रुत गतिमा अगाडि बढायो’

प्रकाशित मिति: २०७६ चैत २४, सोमबार

790
Shares

काठमाडौँ, २४ चैत २०७६ । नेपाली सेनाले कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि आवश्यक पर्ने स्वास्थ्यसम्बन्धी उपकरण र औषधि जीटुजी (सरकारले सरकारसँग) खरिद गर्ने भएको छ ।

आइतबार भिडियो कन्फरेन्समार्फत् पत्रकार सम्मेलन गर्दे सेनाले स्वास्थ्यसम्बन्धी उपकरण खरिद गर्न सरकारले सेनालाई जिम्मेवारी दिएकोे जानकारी दिएका हुन् ।

‘नेपाल सरकारको मातहतमा रहेको नेपाली सेना पनि एउटा संस्था हो, सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले भने, ‘नेपाली सेना जुनसुकै विपदको बेला सरकारी म्यान्डेटमा रहेर सँधै उत्तरदायित्ववोधका साथ कर्तव्यपालन गरिरहेको छ ।’

केही दिनअघि भएको मन्त्रिपरिषद बैठकले कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि आवश्यक पर्ने स्वास्थ्यसम्बन्धी उपकरण र औषधि जीटुजी (सरकारले सरकारसँग) मार्फत् खरिद गर्न नेपाली सेनालाई जिम्मेवारी दिएको उहाँले स्पष्ट पार्नुभयो ।

ती सामान खरिद गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य विभाग, रक्षा मन्त्रालय र विश्व स्वास्थ्य संघका आधिकारीसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने नेपाली सेनाका प्रवत्ता पाण्डेले बताए ।

सेनाको विज्ञप्तिमा भनिएको छ :

‘सोही सम्बन्धमा मिति २०७६ चैत्र १६ गते नेपाल सरकार मन्त्री परिषद्द्वारा कोरोना भाईरस (कोभिड-१९) को रोकाथाम, नियन्त्रण र प्रतिकार्यका लागि आवश्यक पर्ने औषधी, उपकरण तथा अन्य सामाग्रीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग समन्वय गरि आवश्यकता अनुसार रक्षा मन्त्रालयले नेपाली सेनामार्फत सरकार-सरकार (G to G) विधिबाट खरिद गर्ने निर्णय पश्चात नेपाली सेनाले आवश्यक प्रक्रिया द्रुत गतिमा अगाडि बढाएको छ । खरिद प्रक्रियाका दौरान विश्व स्वास्थ्य संगठन (WHO) द्वारा मान्यता प्राप्त सामाग्रीहरु मात्र खरिद गरिने, मध्यस्तकर्ताको प्रयोग नगरिने, गुणस्तरमा कुनै सम्झौता नगरिने, प्रतिस्पर्धात्मक शैलिद्वारा मुल्य निर्धारण गरिने, सामाग्री र यातायातको छुट्टाछुट्टै मुल्य निर्धारण गरिने र समय सिमाभित्र आपूर्तिकर्ताबाट आपूर्तिको व्यवस्था गरिने योजना रहेको छ । सो प्रक्रियालाई सार्वजनिक खरीद ऐन तथा नियामावलीहरुको परिधिभित्र रही पारदर्शी र मितव्ययी ढंगबाट व्यवस्था गर्न सर्वपक्षीय औषधी, उपकरण तथा स्वास्थ्य सामग्री खरीद व्यवस्थापन समिति गठन गर्ने योजना अनुसार कार्य अघि बढाईएको र खरिद गरिने सामाग्रीहरुको गुणस्तर निर्धारणका लागि विभिन्‍न मन्त्रालयका पदाधिकारीहरु सहितको गुणस्तर नियन्त्रण समितिको गठन गरि कार्य सम्पादन गर्ने योजना रहेको छ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -