Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:३६:४२ दिउँसो
- ADVERTISEMENT -

नौ मुलुक अझैसम्म कोरोना मुक्त

प्रकाशित मिति: २०७६ चैत २४, सोमबार

590
Shares

एजेन्सी, २४ चैत २०७६ । कोरोना भाईरसले विश्वका दुईसय आठ मुलुकमा महामारी फैलाईरहंदा अझै पनि केही मुलुक यसबाट मुक्त छन । अमेरिकाको जन हप्कीन्स युनिभर्सिटीले कोरोना भाईरस सम्बन्धि तयार पारेको डाटा अनुसार विश्वका नौ देश अहिलेसम्म कोरोना मुक्त छन ।

तुर्कमेनिस्तान, ताजिकिस्तान, उत्तर कोरिया, दक्षिणी सुडान, यमनलगायतका मुलुकहरु कोरोना भाईरसको प्रकोपबाट मुक्त रहेका मुलुकहरुमा पर्छन । मध्य एसियाली मुलुक तुर्कमेनिस्तानमा कोरोना शब्दको प्रयोगमासमेत कडा प्रतिबन्ध लगाईएको छ ।

त्यहाँ यो शब्द उच्चार गर्न पाईंदैन । मास्क लगाएर घुम्ने र महामारीका विषयमा कुरा गर्नेलाई तुर्कमेनिस्तानको प्रहरीले पक्राउ गरी जेल चलान गरिरहेको छ । कोरोना रोकथामका लागि सामाजिक सञ्जाल र सार्वजनिक स्थलका भित्ताहरुमा टाँसिएको प्रचार सामाग्रीहरु हटाईएका छन ।

त्यसैगरी, मध्य एसियाकै अर्को देश ताजिकिस्तान पनि अहिलेसम्म कोरोनाबाट चोखो बनेको छ । यो मुलुक ट्रेकिङ र क्लाईम्बिङका लागि विश्वमै प्रख्यात छ । यहाँ विश्वभरका हजारौं मानिसहरु ट्रेकिङ र क्लाईम्बिङका लागि आउने गर्छन । तर, अन्य मुलुकमा कोरोना भाईरसको महामारी सुरु भएका कारण मार्च महिनादेखि नै अन्य मुलुकबाट आउन जान प्रतिबन्ध लगाईएको छ ।

त्यसैगरी, चीनसंग सिमाना जोडिएको उत्तर कोरिया पनि कोरोना भाईरस नपुेको मुलुकको सूचीमा परेको छ । विश्वमै रहस्यमयी मुलुकका रुपमा चिनिएको उत्तर कोरियाले चीनमा कोरोना फैलिनासाथ आफ्ना सबै सिमानाकाहरु बन्द गरेको थियो ।

त्यसैगरी, उत्तर अफ्रिकी मुलुक दक्षिणी सुडानमा पनि हालसम्म कोरोनाको कहर पुगिसकेको छैन ।

एक करोड ११ लाख जनसंख्या रहेको यो मुलुकले पनि आफ्ना सबै सिमानाकाहरु बन्द गरेको छ । यहाँको जनजिवन सामान्य छ । त्यस्तै मध्यपूर्वी देश यमन पनि अहिलेसम्म कोरोना भाईरसबाट मुक्त छ । तीन करोड जनसंख्या रहेको यमन बर्षौंदेखि गृहयुद्धको चपेटामा रहेको छ ।

यहाँ भोकमरी र गरिबीका कारण धेरैको ज्यान गैसकेको छ । त्यसैगरि दक्षिण अफ्रिकी मुलुक बुरुंडी, पूर्वी अफ्रिकी देश मलावी, अर्को अफ्रिकी मुलुक लिसोथो र कोमोरोसमा पनि अहिलेसम्म कोरोना भाईरसको संक्रमण पुगेको छैन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -