Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:१९:४२ दिउँसो
- ADVERTISEMENT -

कोरोनाभाइरस विरुद्धको खोपको जनावरमा सफल परीक्षण

प्रकाशित मिति: २०७६ चैत २२, शनिबार

635
Shares

काठमाडौं, २२ चैत २०७६ । पिट्सवर्ग विश्वविद्यालयको चिकित्साशास्त्र शिक्षण अस्पतालले कोरोनाभाइरस विरुद्धको खोपको जनावरमा सफल परीक्षण गरेको छ । मुसामा गरिएको परीक्षणमा खोपले सार्स–कोभ–२ नाम दिइएको नोभेल कोरोनाभाइरस विरुद्ध प्रतिरोधी क्षमता उत्पादन गरेको देखिएको छ ।

विश्वविद्यालयका अनुसन्धानकत्र्ताले मूसामा खोप लगाएपछि भाइरसलाई निस्क्रिय पार्न पर्याप्त प्रतिरोधी क्षमता विकसित गरेको दाबी गरेका छन् । अनुसन्धानकत्र्ताले शुक्रबार उक्त अनुसन्धानको परिणाम बेलायतको चर्चित मेडिकल जर्नल इ बायो मेडिसिनमा प्रकाशित गरेका छन् ।
लेखकले अमेरिकी ‘फुड एण्ड ड्रग एडमिनिस्ट्रिेशन’सँग नयाँ औषधीबारे अनुसन्धान गर्न अनुमति मागेको छ । अनुसन्धानकत्र्ताले आगामी केही महिना भित्र मानवमा खोप परीक्षणको सुरुवात गर्नेछ ।

उक्त शोधका लेखक डा। आन्द्रे गम्बोटोले सामान प्रकृतिका भाइरस विरुद्धको खोप विकसित गर्न पहिलेदेखि नै जुटेको कारण विश्वविद्यालयका अनुसन्धानकत्र्ताले यति छिटो परिणाम दिएको बताउनुहुन्छ ।

“हामी समक्ष २००३ मा सार्स–कोभ र सन् २०१४ मा मर्स–कोभको अनुभव थियो, यी दुबै भाइरस सार्स–कोभ–२ को नजिकका हुन् ।” स्पाइक प्रोटिनले कोरोना भाइरस विरुद्ध प्रतिरक्षा उत्प्रेरण गर्ने डा। गम्बोटो बताउनुहुन्छ ।

अनुसन्धानकत्र्ताले कोरोना भाइरस विरुद्धको खोपलाई ‘पिटको भ्याक’ नाम दिएका छन् । भाइरस विरुद्धको खोप विकसित गर्ने क्रममा शोधकत्र्ताले प्रतिरोधी क्षमता विकसित गर्ने भाइरल प्रोटिनको टुक्राले बनाइएको प्रयोगशाला प्रयोग गरेका थिए । जुन फ्लु विरुद्धको खोप विकसित गर्ने प्रकृयासँग मिल्दोजुल्दो छ । तर प्रयोगात्मक खोपभन्दा फरक छ । प्रयोगात्मक खोप आरएनए विकसित गर्न केन्द्रित हुन्छ । आरएनए विकास गर्ने प्रकृया हाल परीक्षणका लागि तयार भइसकेको छ ।

छालाभित्र खोप वितरणका लागि ‘माइक्रोनिडल एरे’को प्रयोग गरिनेछ । स्पाइक प्रोटिनसहित करिब ४०० सुईको टालो छालामा पठाइन्छ । पट्टी स्वरुपको उक्त टालो छालामा टाँसेर बिरामीको छालामा घुल्नलाई चिनीसहित सुई जोडिनेछ ।
पिट्सवर्ग विश्वविद्यालयका छाला विज्ञान विभागका अध्यक्ष डा। लुइस फालोले विभिन्न विधामा अनुसन्धान गरिरहेका वैज्ञानिहरुले साझा लक्ष्य लिएर काम गर्दा उक्त परिणाम आएको बताउनुभयो ।

खोप विकसित गर्ने अनुसन्धानमा यून किम, गेजा एर्डस, शोहुआ हुआङ, थोमस केन्निस्टन, स्टिफन बलमार्ट, सारा डोनहुए कैरी, माइकल एपर्ली, विलियम क्लिम्स्त्रा र एमरुल्लाह कोर्कमजको समूहले काम गरेको थियो । गोरखापत्रको साथमा

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -