Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:१७:३२ दिउँसो
- ADVERTISEMENT -

क्वारेन्टाइन निर्माण तीव्र गतिमा

प्रकाशित मिति: २०७६ चैत १९, बुधबार

860
Shares

काठमाडौँ, १९ चैत २०७६ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहले धमाधम क्वारेन्टाइन निर्माण गरिरहेका छन् । देशैभरि क्वारेन्टाइन निर्माण गर्ने जिम्मा स्थानीय तहलाई दिइएको छ ।

क्वारेन्टाइन व्यवस्थापनको संयोजकको जिम्मेवारी पाउनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्थानीय तहले धमाधम क्वारेन्टाइन निर्माण सुरु गरिसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “हालसम्म निर्माण भएका ठाउँको तथ्याङ्क आइसकेको छैन तर अधिकांश ठाउँमा निर्माण सम्पन्न भई सञ्चालनमा समेत आइसकेका छन् । ”

मापदण्डअनुसार नै क्वारेन्टाइन बन्नेछन् । सङ्घीय सरकारअन्तर्गत पाँच हजार, सातवटै प्रदेशअन्तर्गत दुई÷दुई हजार, छवटा महानगरपालिकाले दुई÷दुई हजार, प्रत्येक उपमहानगरपालिकाले एक÷एक हजार, ७७ वटै जिल्लामध्ये हिमाली जिल्लामा पाँच सय, पहाडी जिल्लामा एक हजार, तराईका जिल्लामा दुई÷दुई हजारका दरले क्वारेन्टाइन बनाउने योेजना रहेको जानकारी उहाँले दिनुभयो । उहाँले भन्नुभयो, “बनेका क्वारेन्टाइन प्रयोगमा नआउन पनि सक्छन् तर तयारी सबै ठाउँमा गर्ने निर्देशन भएको छ । ”

क्वारेन्टाइन निर्माणमा एकरूपता ल्याउन मापदण्ड बनाइएको र सोही मापदण्डअनुसार सबै ठाउँमा निर्माण भइरहेको बताउँदै उहाँले कतिपय ठाउँमा सञ्चालनमा समेत आइसकेको बताउनुभयो । काठमाडौंँ उपत्यकाको खरीपाटी, कर्मचारी प्रशिक्षण प्रतिष्ठान केन्द्र जाउलाखेल, कृषि तालिम केन्द्र बोडे, पशुपति धर्मशालालगायत अन्य नयाँ चार ठाउँमा पनि क्वारेन्टाइन निर्माण भइरहेको उहाँले बताउनुभयो ।

जोरपाटीस्थित काठमाडौंँ मेडिकल कलेजमा पनि क्वारेन्टाइन बनाउने तयारी भएको छ । त्यहाँ डेढ सयदेखि दुई सयसम्म अट्ने बेड छन् । त्यहाँ होस्टल पनि छन् । अस्पतालले क्वारेन्टाइन बनाउन होस्टल पनि दिने कुरा भइरहेको छ । “त्यहाँ केही विद्यार्थी रहेका उनीहरूलाई अन्यत्र राख्ने कुराकानी भएको छ । अन्य ठाउँमा पनि क्वारेन्टाइन बनाउन हेर्ने काम भइरहेको छ”, उहाँले जानकारी दिनुभयो ।

नगरकोटमा पनि ठाउँ हेर्ने काम भएको भन्दै उहाँले त्यहाँका होटल व्यवसायी सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले नगरकोटमा दुई हजारभन्दा बढी कोठाको व्यवस्था गर्न सकिने स्पष्ट पार्नुभयो । त्यसको व्यवस्थापनका लागि एउटा समिति बनेको जानकारी उहाँले दिनुभयो । बूढानीलकण्ठ स्कुललाई पनि हेरेर राखिएको छ भने लिटिल एन्जेल्स स्कुलसँग पनि कुरा भएको जानकारी उहाँले दिनुभयो ।

मन्त्री भट्टराईले क्वारेन्टाइन सञ्चालनका लागि रहने जनशक्तिलाई तालिम दिने काम भइरहेको बताउनुभयो । “सकभर जसका होटल, अस्पताल छन् त्यहीँका कर्मचारी प्रयोग गर्ने र उनीहरूलाई तालिम दिने कुराकानी पनि भइरहेको छ”, उहाँले स्पष्ट पार्नुभयो । अस्पतालमा रहेका जनशक्तिलाई सरकारले मेडिकल सामग्री दिने र क्वारेन्टाइनका रूपमा सञ्चालन गर्ने पनि छलफल भएको जानकारी उहाँले दिनुभयो ।

स्थानीय तहले आफ्नो बजेटबाटै क्वारेन्टाइन निर्माण गर्ने जानकारी उहाँले दिनुभयो । “क्वारेन्टाइनका लागि चाहिने सामग्रीको व्यवस्था स्थानीय तहले नै गर्नेछन् । बजेट अपुग भयो भने सङ्घीय सरकारले सहयोग गर्नेछ”, उहाँले स्पष्ट पार्नुभयो । गोरखापत्रको साथमा

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -