एजेन्सी, १७ चैत २०७६ । विश्वब्यापी बन्दै गईरहेको कोरोना भाइरस संक्रमितको संख्या एकै दिन एक लाखका दरले वृद्धि भएको छ । यो वृद्धि अहिलेसम्मकै उच्च हो ।
आइतबार ६ लाख संक्रमित भएकोमा सोमबार ७ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभर संक्रमितको संख्या ७ लाख २१ हजार ४ सय १२ छ । मृतक संख्या ३३ हजार ९ सय ५६ पुगेको छ । १ लाख ५१ हजार ४ जना निको भएका छन् ।
पछिल्लो तथ्याङक हेर्नेहो भने सबैभन्दा बढि संक्रमित अमेरिकामा देखिएको छ । त्यहाँ एकैदिन १८ हजार २ सय ७६ जना नयाँ संक्रमित भएका छन भने २५५ जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा मुत्यु हुनेको संख्या २ हजार ४ सय ७५ पुगेको छ ।
सबैभन्दा बढी इटालीमा कोरोनाको कारण मानिसको मृत्यु भएको तथ्यांक छ । त्यहाँ १० हजारभन्दा ७ सय भन्दा बढीको मृत्यु भइसकेको छ । भने, स्पेनमा पनि संक्रमितको संख्या र मृतकको संख्या दिनानुदिन बढ्दै गईरहेको छ । यहाँ ६ हजार ८ सय बढिको मुत्यु भएको छ भने संक्रमितको संख्या ८० हजार नाघिसकेको छ ।
चीनमा पहिलोपटक पत्ता लागेको कोरोना भाइरस अहिले अमेरिका र युरोपमा फैलिइरहेको छ । युरोपेली देशहरुले चीनलाई उछिन्न थालेका छन् ।








































