Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२६:२३ बिहान
- ADVERTISEMENT -

लकडाउन कार्यक्रम : छैठौं दिनमा उपत्यका प्रहरीले नीति परिवर्तन

प्रकाशित मिति: २०७६ चैत १६, आइतबार

1393
Shares

काठमाडौँ, १६ चैत २०७६ । काठमाडौँ उपत्यका लगायत देशभर नै कोरोना भाइरस (कोभिड–१९) लकडाउन कार्यक्रम प्रभावकारी बन्दै गएको पाइएको छ ।

महामारी नियन्त्रणका लागि नेपाल सरकारले घोषणा गरेको लक डाउनको छैठौ दिन आज आइतबार मुलुकभरको जनजीवन शान्त र सामान्य रहेको गृह मन्त्रालयले स्पष्ट पारेको छ । सातदोबाटो, लगनखेल, जाउलाखेल, पुल्चोक, थापाथली, कालीमाटी, कलङ्की, बल्खु, एकान्तकुनाको स्थलगत अवलोकन गर्दा सुनसान रहेको छ ।

नेपाल प्रहरीले लकडाउन उल्लंघन गर्नेलाई पक्राउ गर्ने सम्बन्धी नीति परिवर्तन गरेको छ । अबदेखि बिनाकारण सडकमा निस्कनेहरुलाई भेटिएकै ठाउँमा दुई घण्टा उभ्याउने नीति प्रहरीले लिएको हो ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेलले भन्नुभयो , ‘हालसम्म ललितपुरबाट साढे दुई सय, भक्तपुरबाट ४० र काठमाडौंबाट गरी एक हजार ७० जनालाई होल्ड गरिसकिएको छ ।’

सडकमा उभ्याएर उनीहरुलाई कोरोना भाइरसबारे सचेतनामूलक प्रशिक्षण दिइने प्रहरी नायव महानिरीक्षक (डीआईजी) पोखरेलले बताउनुभयो । ‘पक्राउ गरेर राख्दा झन् जोखिम बढ्न सक्ने सम्भावना हुन्छ’, ‘ अब सामाजिक दुरी कायम गरेर सम्बन्धित स्थानमा प्रहरी जवानहरुले उहाँहरुलाई प्रशिक्षण दिनुहुनेछ ।’ भन्नुभयो ।

सरकारले कोरोना (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि लकडाउनको घोषणा गरेको छ । जसको छैठौं दिनमा उपत्यका प्रहरीले नीति परिवर्तन गरेको हो ।

औषधि, खाद्यवस्तु, पानी, दूध, फलफूल, तरकारी, पशुपक्षी, माछाको दाना र कुखुराजन्य वस्तु ढुवानी गर्ने र फर्किने सवारी साधनलाई सञ्चालन हुन दिने निर्णय भएको थियो । टोल फ्री नम्बर ११४९ मा कालोबजारी, ठगी र मूल्य वृद्धिभन्दा खाद्य सामग्रीको सहज उपलब्धताका लागि गुनासो गर्नेहरूको सङ्ख्या धेरै रहेको गृह मन्त्रालयले जनाएको छ ।

औषधि, खाद्यवस्तु, पानी, दूध, फलफूल, तरकारी, पशुपक्षी, माछाको दाना र कुखुराजन्य वस्तु ढुवानी गर्ने र फर्किने सवारी साधनलाई सञ्चालन गर्न आग्रह गरिएको छ । सर्वसाधारणको दैनिकीलाई सहज र उपभोग्य सामग्रीको आपूर्ति व्यवस्था गर्न मालवाहक सवारी साधनको सञ्चालनमा समस्या देखिएकाले यस्तो आग्रह गरिएको गृह प्रवक्ता केदारनाथ शर्माले बताउनुभयो ।

सर्वसाधारण यात्रु बोक्न नपाउने गरी यस्ता सवारीलाई आवश्यक खाद्य सामग्री ढुवानी कार्यमा सहजीकरण र सुरक्षा प्रदान गर्न प्रहरीलाई निर्देशन दिइएको छ । कहीँ कतै कुनै अप्ठ्यारो परेमा वा आवश्यक गुनासो, उजुरी, सुझाव र सल्लाहका लागि टोल फ्री नम्बर ११४९ मा सम्पर्क गर्न आग्रह गरिएको छ । लकडाउन अवधिभर जो जहाँ हुनुहुन्छ, सोही अवस्थामा बसिदिन मन्त्रालयले सर्वसाधारणमा अनुरोध गरेको उहाँले बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -