Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५०:३९ बिहान
- ADVERTISEMENT -

संक्रमितको परीक्षण गर्न ५० जना माग्दा २५० चिकित्सक तयार

प्रकाशित मिति: २०७६ चैत १४, शुक्रबार

615
Shares

काठमाडौं, १४ चैत २०७६ । भारतको महराष्ट्र राज्य कोभिड–१९ ले सबैभन्दा बढी संक्रमित राज्य हुन । करिब एकसय जना बढी संक्रमितको पुष्टि भइसकेको छ । बिरामीको उपचारका लागि मुम्बईको नगर निगमले चिकित्सकको अभाव झेलिरहेको छ । निगमले ५० जना चिकित्सक आपूर्ति गर्न भारतीय चिकित्सक संघलाई आग्रह गरेको थियो ।

भारतीय सञ्चारमाध्यम मुम्बई मिररका अनुसार चिकित्सक संघले नगर निगमलाई आवश्यक ५० चिकित्सक पूर्ति गर्न परिपत्र गरेको एक घण्टा नबित्दै २५० जना आवासीय चिकित्सकले उपचारमा संलग्न हुन स्वीकार गरेको छ ।

मुम्बईको नीजि अस्पतालमा काम गर्दै आएका सयौं चिकित्सक सात अक्षरको तलब बुझ्दै आएका छन् । तर कोभिड–१९ विरुद्धको संघर्षमा उनीहरुले एक महिनाका लागि मुम्बई नगर निगममा सेवा गर्ने जनाएका छन् । मुम्बईको नगर निगममा कार्यरत चिकित्सकले अनिवार्य १२ घण्टा सेवा गर्दै आएका छन् ।

चिकित्सकलाई घर जान अनुमित दिइएको छैन् । यद्दपी चिकित्सकको अभाव पुरा भएको छैन् । नगर निगमले सञ्चालन गरेको नागरिक अस्पतालमा कोभिड–१९ संक्रमितको उपचारका लागि ५० जना चिकित्सक आवश्यक रहेको जनाएको थियो ।

कोभिड–१९ संक्रमितको उपचारका लागि पहिलो लटको ११५ जना चिकित्सकलाई शुक्रबार प्रशिक्षण दिइदैछ । प्रशिक्षणपछि शनिबारदेखि कुर्ला अस्पताल, घाटकोपर राजवाडी अस्पताल, जोगेश्वरी ट्रमा सेन्टर र कान्दीबल्लीस्थित अम्बेडकर र बान्द्रास्थित भव अस्पतालमा परिचालन गरिनेछ ।

नगर निगमले एक साताभित्र १५ नयाँ अस्पताल थप्ने तयारी गरेको छ । बाँकीको चिकित्सकलाई उक्त नवनिर्मित अस्पतालमा खटाइनेछ । नगर निगमको अस्पतालमा भर्ना भएका १२४ जना कोभिड–१९ संक्रमितका लागि हाल २४ चिकित्सक, ४५ नर्स र ३१ जना सहयोगी कार्यरत छन् । अस्पतालमा दैनिक आठ सय बिरामी परीक्षणका लागि आउने गरेका छन् । जनवरी २४ पछि अहिलेसम्म कोभिड–१९ संक्रमणको आशंकामा करिब एक हजार ४०७ बिरामी अस्पताल पुगेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -