Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५५:२८ बिहान
- ADVERTISEMENT -

कोभिड-१९ बारे मन्त्रालयबाहेक अरुले दिएका सूचना आधिकारिक नहुने, सबै समिति भंग गरी स्वास्थ्य सचिवको नेतृत्वमा निर्देशक समिति

प्रकाशित मिति: २०७६ चैत १४, शुक्रबार

714
Shares

काठमाडौं, १४ चैत २०७६ । कोभिड-१९ सम्बन्धी कुनै पनि सूचना मन्त्रालय वा मन्त्रालयले स्वीकृत नदिई सार्वजनिक भएमा त्यो सरकारको आधिकारिक सूचना नहुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्णय गरेको छ ।

बिहिवार सचिवस्तरीय निर्णय गर्दै कोभिड-१९ सँग सम्बन्धित सूचना दैनिक रुपमा सार्वजनिक गर्नुपर्ने प्रतिवेदन, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले दिनको २ बजे इडिसिडीलाई उपलब्ध गराउने र सो महाशाखाले स्वास्थ्य सेवा विभागका महानिर्देशकमार्फत मन्त्रालयमा जानकारी गराउने गरी निर्णय भएको छ ।

महामारीजस्तो संवेदनशील अवस्थामा सूचनालाई चुस्त दुरुस्त बनाउन मन्त्रालयले यस्तो निर्णय गरेको प्रवक्ता डा। विकास देवकोटाले बताए । मन्त्रालयले गरेको निर्णयमा कोभिड १९ सम्बन्धी मन्त्रालयको निर्देशनबाहेक गएका सूचनालाई आधिकारिक नमान्ने समेत उल्लेख गरेको छ । बिहिवार स्वास्थ्य तथा जनसंख्यामन्त्री मानुभक्त ढकाल उपस्थित बैठकले गत १७ फागुनमा स्वास्थ्य सचिवको नेतृत्वमा बनेको निर्देशक समितिलाई पुर्नगठन गरेको छ ।

सो समितिमा मन्त्रालयका १२ औ तहका तीन प्रमुख विशेषज्ञ सदस्य र नीति योजना महाशाखाका प्रमुख डा। गुणराज लोहोनी सदस्य सचिव रहने गरी पुर्नगठन भएको हो । अब सोही समितिले सम्पूर्ण काम गर्ने गरी पुर्नगठन भएको प्रवक्ता देवकोटाले बताए । त्यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ शंकास्पद र संक्रमित बिरामीको उपचार खर्च मापदण्ड तयार गर्ने भएको छ ।

त्यसको मापदण्ड सोही समितिले तयार गर्नेछ । निर्देशक समितिलाई नियमित कामसहित स्वास्थ्य आपतकालीन केन्द्रको संचालनको समेत जिम्मेवारी दिइएको छ । यसअधि सो केन्द्र मन्त्रालयका १० औं तहका अधिकृतको नेतृत्वमा हुँदै आएको थियो । बिहिवार नै भएको निर्णयअनुसार डा। रोशन पोखरेललाई राष्ट्रिय अन्तर्राष्ट्रिय समन्वयको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी, डा दिपेन्द्ररमण सिंहलाइ कोभिड-१९ मा सम्पूर्ण अस्पताल परिचालन एवं समन्वयको जिम्मेवारी दिइएको छ भने विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठलाई इडिसिडी, स्वास्थ्य शिक्षा, सूचना संचार, आपूर्ति सम्बन्धी काम गर्ने गरी जिम्मेवारी दिइएको छ । मन्त्रालयले यसअघि गठन गरेका उच्चस्तरीय अनुगमन समिति, प्राविधिक समिति र उपचार व्यवस्थापनका लागि सर्वपक्षीय समितिबाहेक अन्य सबै समिति खारेज गरेको समेत निर्णय गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -