Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:५९:२८ बिहान
- ADVERTISEMENT -

भारतमा २१ दिनका लागि ‘लक डाउन’

प्रकाशित मिति: २०७६ चैत १२, बुधबार

1044
Shares

काठमाडौं, १२ चैत २०७६ । भारतमा २१ दिनको लागि लक डाउनको घोषणा गरिएको छ । मङ्गलबार मध्यरातबाट सुरु हुने लक डाउन अप्रिल १४ तारेखसम्म चल्नेछ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशबासीको नाममा सम्बोधन गर्नुहुँदै २१ दिनको लागि भारत पूर्णरुपमा लक डाउन हुने घोषणा गर्नुभएको हो । उहाँले २१ दिन लामो समय रहेपनि समाज र नागरिकको सुरक्षाको लागि एकमात्र विकल्प लागू गरिएको बताउनुभयो ।

उहाँले २१ दिने लक डाउनको क्रममा सडकमा नआउन आग्रह गर्नुभयो । सम्बोधनको क्रममा उहाँले प्रधानमन्त्रीको रुपमा नभई परिवारको सदस्यको रुपमा आफ्नो आग्रहलाई स्वीकार गरी पछ्याउन आग्रह गर्नुभयो ।

भारतको भन्दा उच्चतम् स्वास्थ्य पूर्वाधार, प्रविधि र प्रणाली रहेको अमेरिका र इटाली जस्तो शक्तिशाली राष्ट्रले कोरोना भाइरसको संक्रमणको जोखिममा परेको बताउनुहुँदै उहाँले कोरोनाबाट बच्न एकमात्रै उपाय अवलम्बन गर्न लागिएको उल्लेख गर्नुभयो । संक्रमित एकजनाबाट सयौंमा फैल्न सक्ने हुनाले घरबाट बाहिर नआउन उहाँले नागरिकमा आग्रह गर्नुभयो ।

प्रधानमन्त्री मोदीले कोरोना भाइरसको संक्रमणको सामना गर्न १५ खर्बको कोष परिचालन गरिने घोषणा गर्नुभयो । उक्त बजेट नागरिकको व्यक्तिगत् सुरक्षा, आइसोलेशन शैय्या, भेन्टिलेटरको संख्या यथासक्दो छिटो बढाउन सकिने कार्यको लागि खर्च गरिने जानकारी दिनुभयो ।

भारतमा कोभिड–१९ को संक्रमितको संख्या करिब ५ सय पुगेको छ । मृतकको संख्या नौ रहेको छ । भारतले मङ्गलबारदेखि सबै आन्तरिक उडान स्थगित गरिसकेको छ । आइतबारदेखि भारतमा यातायातको प्रमुख साधन रहेको रेल्वे सञ्जाल अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको थियो ।

कोभिड–१९ को संक्रमण पहिलो एक लाख व्यक्तिमा फैल्न ६७ दिन लागेको थियो । ११ दिनभित्रै दुई लाख व्यक्तिमा संक्रमण सरेको थियो । चार दिनभित्र विश्वका अर्को एक लाख व्यक्तिमा कोभिड–१९ को संक्रमण फैलिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -