Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३१:०६ बिहान
- ADVERTISEMENT -

कोरोनाका कारण टोकियोमा हुने ओलम्पिक स्थगित

प्रकाशित मिति: २०७६ चैत ११, मंगलबार

801
Shares

टोकियो, ११ चैत २०७६ । कोरोनाका कारण टोकियोमा हुने ओलम्पिक स्थगित गरिएको छ । सन् २०२० को टोकियो ओलम्पिक कोरोना भाइरसको महामारीका कारण मंगलबार स्थगित गरिएको छ । अब प्रतियोगिता अर्को वर्ष हुनेछ । प्रतियोगिता जुलाइ ४ बाट सुरु हुने कार्यक्रम थियो ।

अन्तर्राष्ट्रिय ओलम्पिक्स कमिटी (आईओसी) ले पनि सन् २०२१ भन्दा अगाडि प्रतियोगिता आयोजना सम्भव नभएको जनाएको छ ।

जापानी प्रधानमन्त्री शिन्जो आबले भनेका छन्, ‘मैले आईओसी अध्यक्ष थोमस बाखसामु प्रतियोगिता सार्ने प्रस्ताव राखेको थिएँ र उनी त्यसमा सतप्रतिशत सहमत भए। अब यो निर्णयपछि खेलाडीले पनि प्रतियोगिताको तयारीका लागि पर्याप्त समय पाउने छन्। यस्तै यो निर्णयले प्रतियोगिता र दर्शक सबैका लागि स्थिति सुरक्षित हुनेछ।’

प्रतियोगिता सार्न चर्को दबाबबीच प्रधानमन्त्ती सिन्जो आबे र बाखबीच मंगलबार बिहान लामो कुराकानी भएको थियो। आधुनिक ओलम्पिकको १ सय २४ वर्षको इतिहासमा प्रतियोगिता सार्न लागेको यो पहिलो पल्ट हो। यसअघि जापानी सरकार र आईओसीले एक महिनाको अन्तरमा प्रतियोगिताबारे निर्णय गर्ने बताएको थियो ।

तर, पछिल्लो समय दुवै पक्षमाथि प्रतियोगिता सार्नेबारे चर्को दबाब परेको थियो। महामारीको प्रकोपका कारण अधिकांश अन्तर्राष्ट्रिय उदान भइरहेका छैनन् भने लगभग सबै सामाजिक र व्यापारिक क्रियाकलापमा पनि प्रतिबन्धको जस्तै स्थिति छ। यस्तोमा खेलाडीले टोकियो ओलम्पिकका लागि भनेर तयारी गर्न पनि पाएका थिएनन् ।

क्यानडा र अस्ट्रेलियाले निर्धारित समयमा टोकियो ओलम्पिक्सको आयोजना भए आफ्नो देशले भाग नलिने बताइसकेको छ । बेलायत र अमेरिकाले पनि आफ्ना खेलाडी र खेल पदाधिकारीसँग छललफ गरेर प्रतियोगितामा सहभागी हुने अथवा नहुनेबारे निर्णय गर्ने बताएको थियो । सेन्‍केइ पत्रिकाले जापानी नागरिकबीच गरेको मत सर्वेक्षणमा पनि ७० प्रतिशतले प्रतियोगिता सार्नु पर्ने बताएका थिए ।

आधुनिक ओलम्पिक्सको इतिहासमा अहिलेसम्म प्रतियोगिता घोषित मितिमै भएका थिए । दुई विश्व युद्धका कारण भने सन् १९१६, १९४० र १९४४ मा हुने पर्ने ओलम्पिक्स भने हुन सकेको थिएन । चर्को शीतयुद्धबीच सन् १९८० र १९८२ को ओलम्पिक्सलाई भने केही देशले बहिष्कार गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -