काठमाडौं, ११ चैत २०७६ । नेपाली कांग्रेसका चर्चित युवा नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापालाई कोरोनाबाट बच्न र त्यसको संक्रमणलाई सामना गर्ने उपाय निकालेका छन् ।
सरकारलाई ७ पेजको ध्यानाकर्षण पत्र बुझाउँदै सांसद थापाले देशभरका सबै अस्पतालमा फिवर क्लिनिक खोल्न माग गरेका छन् ।
कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक उपपप्रधान तथा रक्षमन्त्री ईश्वर पोखरेललाई ध्यानाकर्षण पत्र बुझाउँदै थापाले कोरोनाको शंका लागेका व्यक्तिलाई अरु बिरामीभन्दा अलग रुपमा दर्ता, परीक्षण र उपचार गर्न हरेक अस्पतालमा फिवर क्लिनिक स्थापना गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलिरहेका बेला गगन थापाले सरकारका कामलाई प्रभावकारी बनाउन सक्रियता देखाएका छन् । केही दिनअघि सांसद थापाकै सक्रियतामा संसदमा कोरोना भाइरसबारे छलफल भएको थियो ।
सांसद थापाले ध्यानाकर्षण पत्रमा क्लिनिकमा आएका बिरामी शंकास्पद देखिए आइसोलेसनमा राखेर थप परीक्षण र उपचारका लागि पठाउने संयन्त्र बनाउन, चिकित्सक, नर्स तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई सुरक्षित राख्न पीपीईको व्यवस्था गर्न समेत माग गरेका छन् ।
नेता थापाले कोरोना भाइरसको मात्र उपचार गर्न विशेष कोरोना अस्पतालको व्यवस्था समेत सरकारसँग माग गरेका छन् । कोरोनाको संक्रमण देखिए शुक्रराज ट्रपिकल तथा सरुवा रोगसहित विभिन्न अस्पतालमा उपचार गर्ने सरकारको तयारी छ । तर सांसद थापाले फरक–फरक अस्पतालमा उपचार गर्दा नियमित उपचार प्रक्रिया अस्तव्यस्त हुने भएकाले टेकुलाई कोरोना भाइरसको मात्र उपचार गर्ने गरी आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्था गर्न माग गरे ।
थापाले सरकारी अस्पतालले नपुगे निजी अस्पताल र मेडिकल कलेजहरूसँग सहकार्य गरेर सरकारले नै जिम्मा लिएर उपचार गर्नुपर्नेमा माग समेत गरेका छन् ।
सांसद गगन थापाको ७ पेजको ध्यानाकर्षण (पूर्णपाठ)
















































