गोरखा, १० चैत २०७६ । विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगाउन जिल्ला प्रशासन कार्यालय गोरखाले बिभिन्न अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ ।
जिल्ला भित्रिने यातायात सेवा पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । साथै दैनिक उपभोग्य सामग्री बाहेकका पसलहरु पनि बन्द गराउने निर्णय गरेको उहाले बताउनु भयो ।
‘अस्पताल, क्लिनकलगायतका सेवाहरु सुचारु हुनेछन् । खाद्यान्न पसलहरु पनि खुल्नेछन् । यीबाहेक सबै पसलहरु बन्द गराउने निर्णय भएको छ । जिल्ला भित्रिने र सदरमुकामबाट बिभिन्न ग्रामीण रुटमा चल्ने यातायात सेवा पनि बन्द हुनेछन्’, प्रजिअ पौडेलले भन्नुभयो, ‘यसलाई अनौपचारिक रुपमा लकडाउन भने पनि हुन्छ ।’
लकडाउनलाई कडाइका साथ कार्यान्वयन गर्न प्रहरी परिचालन गर्ने उहाले जानकारी दिनुभयो








































