Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:५०:५८ बिहान
- ADVERTISEMENT -

विदेशबाट फर्किएकाको अभिलेख राख्न निर्देशन

प्रकाशित मिति: २०७६ चैत १०, सोमबार

595
Shares

काठमाडौँ, १० चैत २०७६ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण रोकथामका लागि विदेशबाट फर्केका नागरिकको अभिलेख वडास्तरमै राख्न सबै स्थानीय तहलाई निर्देशन दिएको छ । साथै, मन्त्रालयले विदेशबाट फर्किएका नागरिकको अभिलेख मन्त्रालयमा दैनिक पठाउन निर्देशन जारी गरेको छ ।

मन्त्रालयले कोरोनाबाट बच्न उच्च सतर्कता अपनाउन सबै स्थानीय तहलाई निर्देशन दिँदै जनताको नजिकको सरकारका रूपमा रहेको स्थानीय तहलाई आवश्यक समन्वय गर्न आग्रहसमेत गरेको छ । मन्त्रालयले आइतबार पत्राचार गर्दै ७५३ वटै स्थानीय तहका छ हजार ७४२ वटै वडामा विदेशबाट फर्किएका नागरिकको निगरानी, रेखदेख र सोको सङ्ख्यात्मक विवरण दैनिक रूपमा मन्त्रालयमा प्रतिवेदन पठाउन सबै प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन गरेको हो ।

कोरोना भाइरस सङ्क्रमण हुन नदिन मन्त्रालयले सामाजिक, सांस्कृतिक कार्यका लागि मठ, मन्दिर, गुम्बा, चर्च, पार्टी प्यालेस लगायतका सार्वजनिक स्थलहरूमा २५ जनाभन्दा बढी भेला हुन नदिन सुझाएको छ । यसैगरी सिनेमा हल, सांस्कृतिक केन्द्र, रङ्गशाला, जिम केन्द्र, हेल्थ क्लब, म्युजियम, स्विमिङ पुल, मनोरञ्जन स्थल र डान्सबारजस्ता भीडभाड हुने स्थान चैत मसान्तसम्म बन्द गराउन मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र गरेको हो ।

सार्वजनिक सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु ओसारपसार गरे÷नगरेको अनुगमन गरी सिट क्षमताभन्दा बढी यात्रु राख्न नदिने, मानिसहरू जमघट हुने सार्वजनिक स्थानमा सरसफाइ गराउने, कार्यालय भवन तथा परिसरको नियमित रूपमा सरसफाइ गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ । यस्तै कार्यालय परिसरमा अनिवार्य रूपमा सेनिटाइजर वा साबुन पानीले हात धुने पानीको व्यवस्था गर्न मन्त्रालयले ७५३ वटा स्थानीय तहलाई निर्देशन गरेको मन्त्रालयको विपद् व्यवस्थापन शाखा प्रमुख ऋषिराज आचार्यले जानकारी दिनुभयो । कोरोनाले नेपाली जनमानसमा त्रास बढाइरहेका बेला स्थानीय तहका जनप्रतिनिधिले सर्वसाधारणलाई त्रसित नहुन सचेतना अभिवृद्धि गर्दै घरदैलो अभियान चलाएका छन् । कोरोना भाइरसबाट त्रसितभन्दा पनि सचेत बन्न स्थानीय सर्वसाधारणलाई घरघरमा पुगेर सचेतना अभियान सञ्चालन गरिएको जनप्रतिनिधिले बताएका छन् ।

नगरपालिकामा प्रमुख र उपप्रमुख, गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षको संयोजकत्वमा अनुगमन समिति निर्माण गरी अनुगमन गरिएको नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घले जनाएको छ । प्रत्येक वडामा वडाध्यक्षको संयोजकत्वमा वडास्तरीय र टोलटोलमा वडा सदस्यको संयोजकत्वमा अनुगमन समिति निर्माण गरी सर्वसाधारणलाई सचेतना अभिवृद्धि गरिएको छ ।

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष होमनारायण श्रेष्ठले स्थानीय तहका जनप्रतिनिधि जनताको सुख र दुःख दुवैमा साथ दिने प्रतिनिधि भएकाले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न निरन्तर सचेतना अभियानमा लागेको बताउनुभयो । उहाँका अनुसार अनिवार्य रूपमा चार घण्टामा एकपटक साबुन पानीले हात धुन सबै जनतालाई अनुरोध गरिएको छ । गोरखापत्रको साथमा

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -