Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:४८:४८ बिहान
- ADVERTISEMENT -

चीन र भारतसँगको सीमा नाका बन्द गर्ने निर्णय

प्रकाशित मिति: २०७६ चैत १०, सोमबार

493
Shares

काठमाडौँ, १० चैत २०७६ । सरकारले भारत र चीनसँग जोडिएका सबै सीमा नाकामा एक साता आवागमन बन्द गर्ने निर्णय गरेको छ । दक्षिणी सीमा नाकाबाट आवागमन तीव्र भएर कोभिड–१९ संक्रमणको जोखिम बढेपछि मन्त्रिपरिषद्को बैठकले नाका बन्द गर्ने निर्णय आइतबार लिएको हो । मानिसको आउजाउ रोकिए पनि सामान ढुवानी नियमित हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणपछि आइतबार पहिलो पटक बसेको मन्त्रिपरिषद् बैठकले सोमबार बिहान १० बजेदेखि १६ गते मध्यरातसम्म दुवै छिमेकी मुलुकका सबै नाका बन्द गर्ने निर्णय गरेको हो । उत्तरी सीमामा दुइटा मोटरेबल र अरू चारवटा गरी ६ र दक्षिणी सीमामा ३९ वटा मोटरेबल र १ सय २५ वटा आउजाउ गर्न मिल्ने गरी १ सय ६४ वटा नाका छन् ।

झन्डै ४ घण्टा चलेको मन्त्रिपरिषद् बैठकपछि आयोजित पत्रकार सम्मेलनमा अर्थ एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री युवराज खतिवडाले एउटा देशको कोभिड–१९ संक्रमित व्यक्ति अर्को देशमा नछिरोस् भनेर सीमा नाकामा आवागमन रोक्ने निर्णय गरिएको बताउनु भयो  । ‘दक्षिण एसिया र दक्षिण पूर्वी एसियाका मुलुकमा संक्रमितहरू बढ्दै गएको देखिन्छ । एउटा देशमा भएको संक्रमण अर्को देशमा नसरोस् भन्नका लागि एकले अर्कालाई सहयोग गर्नुपर्ने भएको छ । धेरै व्यक्तिको आउजाउले संक्रमण फैलिने सम्भावना हुनाले सीमाका सबै नाकामा यात्रु आवागमन बन्द गर्ने निर्णय गरेका हौं,’ भन्नुभयो ।

पछिल्ला १० दिनमा मात्रै पश्चिम गड्डाचौकीदेखि पूर्वी काँकडभिट्टासम्मका दक्षिणी नाकाबाट करिब ८३ हजार मानिस नेपाल भित्रिएका छन् । शनिबार मात्रै गड्डाचौकीबाट करिब १३ हजार भित्रिएका थिए । अनुमान गरिएभन्दा धेरैको आगमन भएपछि सिमानामा खटिएका सुरक्षाकर्मीतथा हेल्थ डेस्कका प्रतिनिधिलाई स्वास्थ्य जाँचमा हम्मे परेको थियो । भारतमासंक्रमित बढिरहेकाले सीमा खुला हुँदा नेपालमा असर पर्न सक्ने भन्दै कूटनीतिज्ञहरूले समेत नाका बन्द गर्न सरकारलाई सुझाव दिएका थिए ।

यसअघि गत बुधबार सरकारले दुईदेशीय खुला सीमा व्यवस्थापन र कडाइका लागि साझा प्रबन्ध तय गर्न भारत

सरकारलाई अनुरोध गरेको थियो । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चैत १८ गतेसम्म सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय सुनाएका थिए । सोमबारदेखि नै देशभित्र पनि लामो दूरीका सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ ।

सरकारले कोभिड–१९ रोकथाम तथा नियन्त्रण कोष बनाउने निर्णय गरेको छ । प्रवक्ता खतिवडाका अनुसार कोषमा सरकारले ५० करोड सुरु पुँजी राख्नेछ । कोषमा संघीय सरकारका सबै मन्त्रीले एक महिनाको तलब जम्मा गर्ने जानकारी दिँदै खतिवडाले त्यसमा कर्मचारी, बुद्धिजीवी, संघसंस्थाका प्रतिनिधिलाई सहयोगका लागि आह्वान गरेका छन् । कोषको रकम पूर्वाधार निर्माण, उपचार तथा उपकरण खरिदमा खर्च गर्ने गरी कार्यविधि बनाइनेछ ।

सरकारले कोभिड–१९ बाट कोही संक्रमित भइहाले उपचार गर्न चन्द्रागिरि नगरपालिकामा रहेको सशस्त्र प्रहरी बलको अस्पताललाई ‘डेडिकेटेड’ बनाउने निर्णय गरेको छ । मन्त्री खतिवडाले फ्रन्ट डेक्समा बस्ने स्वास्थ्यकर्मीलाई ५० देखि शतप्रतिशतसम्म प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय पनि सरकारले गरेको जानकारी दिनुभयो । ‘स्वास्थ्यकर्मीलाई प्रेरित गरेर सुरक्षित तरिकाले सेवामा लगाउनुपर्ने भएकाले फ्रन्ट डेक्समा बस्ने सबै स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ताको व्यवस्था गरिएको हो,’। ती स्वास्थ्यकर्मीलाई व्यक्तिगत स्वास्थ्य सुरक्षाका लागि सबै उपकरण उपलब्ध गराउने निर्णय पनि सरकारले गरेको छ ।

सरकारले स्वास्थ्य सामग्री सहयोगका लागि छिमेकी राष्ट्र र दातृ निकायलाई आग्रह गर्ने निर्णय पनि गरेको छ । ‘संक्रमणबाट बच्न औषधि, उपकरण सहयोगी मित्रराष्ट्र, दातृ निकायसँग सहकार्य गरेर स्वास्थ्य मन्त्रालय र परराष्ट्र मन्त्रालयको समन्वयमा छिटो प्राप्त गर्न अर्थ मन्त्रालयले पहल गर्ने निर्णय भएको छ,’ प्रवक्ता खतिवडाले भन्नुभयो ।

सीमा नाकामा संक्रमित व्यक्ति फेला परे तत्काल अस्पतालसम्म पुर्‍याउन ‘प्यासेन्ट रिसिभिङ टिम’ बनाउने र त्यसका लागि स्वास्थ्य, रक्षा र गृह मन्त्रालयले सहकार्य गर्ने निर्णय पनि भएको छ । ‘संक्रमित भेटियो भने भाग्न नपाउन्, आलेटाले गर्न नपाउन्, आनाकानी हुलहुज्जत नगरुन् भनेर सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले अस्पताल वा क्वारेन्टाइन पुर्‍याउने व्यवस्था गरिएको छ,’ खतिवडाले भने । सरकारले प्रदेश र स्थानीय तहमा पनि सुरक्षाकर्मीसहितको क्वारेन्टाइन राख्ने निर्णय गर्दै समन्वयको जिम्मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई दिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -