Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४५:११ बिहान
- ADVERTISEMENT -

कोरोनाबाट बच्न सजग हुँदै स्थानीय तह

प्रकाशित मिति: २०७६ चैत ९, आइतबार

679
Shares

काठमाडौँ, ९ चैत २०७६ । कोरोना भाइरसबाट बच्न अधिकांश स्थानीय तह आ–आफ्नै ढङ्गले सजग भएका छन् । स्थानीय नागरिकलाई सरसफाइमा जोड दिँदै, भीडभाडमा नजान तथा अनिवार्य साबुनपानीले हात धुन जनप्रतिनिधिले अभियान नै चलाएका छन् ।

स्थानीय तहले अत्यावश्यक स्वास्थ्य सामग्री साबुन, मास्क, स्यानिटाइजर, पञ्जा जस्ता सामग्रीको अभाव हुन नदिने गरी योजना बनाएका हुन् । आ–आफ्नो स्थानीय तहभित्र खाद्य सामग्रीको कृत्रिम अभाव हुन नदिन जनप्रतिनिधिले निरन्तर अनुगमन गर्ने योजना स्थानीय तहले बनाएका छन् । धूलो उड्ने सडकमा स्थानीयवासीलाई स्वतस्फूर्त रूपमा पानी हालेर धूलो उड्न नदिने, हरिया सागपात, फलफूल खाने र माछामासु राम्रोसँग पकाएर मात्र खान जनप्रतिनिधिले आग्रह गरेको नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घले जनाएका छन् ।

सबै स्थानीय तहले स्वास्थ्य शाखाका कर्मचारीलाई उच्च सतर्क भएर पहिला आफू सुरक्षित हुने र त्यसपछि मात्रै अन्यको उपचारमा सक्रिय भएर लाग्न आग्रह गरेको उपत्यकाका मेयर फोरमका सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बताएका छन् । (गोरखापत्र दैनिकबाट)

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -