Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५६:३६ बिहान
- ADVERTISEMENT -

काेराेना सतर्कता : हल्लाको पछि नलाग्न सरकारकाे आग्रह

प्रकाशित मिति: २०७६ चैत ९, आइतबार

914
Shares

काठमाण्डाै, ९ चैत २०७६ । काठमाण्डाैका केही अस्पतालमा कोरोना सङ्क्रमित भेटिएका र उनीहरुको ज्यान गएको भन्ने हल्लाको पछि नलाग्न सरकारले आग्रह गरेको छ ।

नेपालमा अहिलेसम्म एकजना बाहेक कसैमा पनि कोरोना नभएको पाइएको र उनी पनि निको भैसकेकाले हल्लाको पछि नलाग्न सरकारले आग्रह गरेको हो । अहिलेसम्म कोरोनाको लक्षण मिलेका ५ सय ४६ सय जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि गएको माघ ९ गते चीनबाट आएका एकजनामा कोरोना भएको पुष्टि भएको थियो । अहिले ति व्यक्ति पनि निको भएर काममा फर्किसकेकाले नेपालमा कोरोना संक्रमित नरहेका विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

अहिलेसम्म कोरोनासँगको लक्षण मिलेपछि काठमाण्डाैको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ६० जना र ललितपुरको लगनखेलमा रहेको पाटन अस्पतालमा ९ जनालाई आइसोलेशन अर्थात डाक्टरको निगरानीमा राखिएको तर उनीहरुमा कोरोना नभएको पुष्टि भएपछि घर पठाइएको अस्पतालले जनाएको छ ।

कोरोनाको शंका लागेका बिरामीलाई डाक्टरको निगरानीमा राख्ने गरिएको छ भने उनीहरुको नमुना परीक्षण गर्दा कोरोना नभए घर पठाउने गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता  विकास देवकोटाले बताउनुभयो ।

अहिलै मौसमी रुघाखोकी लाग्ने समय नै भएकाले पनि नआत्तिन तर सावधानी भने अपनाउन उहाँले आग्रह गर्नुभयो । तर रुघाखोकी लागेपछि अरुसँगको दुरी भने बढाउन पनि उहाँले अनुरोध गर्नुभएको छ ।

बारम्बार साबुनपानीले हात धुने गर्नाले कुनै पनि सङ्क्रमण फैलिनबाट जोगिन सकिने सरुवारोग विशेषज्ञले बताएका छन् । सरकारले कोरोना प्रभावित देशबाट आएका व्यक्तिलाई १४ दिन क्वारेन्टाइन अर्थात परिवारबाट छुट्टै बस्न आग्रह गर्दै आएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -