काठमाडौं, ९ चैत २०७६ । कोरोना भाइरस अर्थात् कोभिड-१९ को संक्रमणबाट बेलायतमा एक नेपालीको मृत्यु भएको छ ।
बेलायतमा बस्दै आएका ६६ वर्षीय पूर्वगोरखा सैनिक लीलाबहादुर राईको शनिबार मृत्यु भएको हो । पारिवारिक स्रोतका अनुसार लण्डनस्थित नर्थवीक पार्क अस्पतालमा राईको मृत्यु भएको हो ।
राई संखुवासभाको खाँदबारी नगरपालिका–१० स्थायी घर भई हाल लण्डनको साउथ ह्यारोमा बस्दै आएका थिए । उनी सन् २००८ देखि बेलायतमै बस्दै आएका थिए । एजेन्सी








































