काठमाडौं, ८ चैत २०७६ । विभिन्न देशबाट आएका ६१ जना नेपालीलाई खरिपाटी क्वारेन्टाइनमा लगिएको छ ।
आज शनिवार एयर इन्डिया र थाई एयरवेजबाट आएका ६१ नेपालीलाई त्रिभुवन विमानस्थलबाट भक्तपुरको क्वारेन्टाइनमा पठाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागले जनाएको छ।
जसमा थाई एयरवेजमा ४९ र एयर इण्डियामा १२ जना नेपाली आएका थिए। जसमा ४ जना महिला र एक ७६ वर्षीया वृद्ध पनि रहेको बताइएको छ ।








































