Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:४३:५९ बिहान
- ADVERTISEMENT -

५५ देशका नागरिकलाई नेपाल प्रवेशमा प्रतिबन्ध,भारतसँगका नाका रोकिँदै

प्रकाशित मिति: २०७६ चैत ७, शुक्रबार

505
Shares

काठमाडौं, ७ चैत २०७६ । सरकारले कोरोना संक्रमण (कोभिड १९) देखिएकामध्ये ५५ देशबाट नेपालीसहित विदेशी नागरिकलाई नेपाल आउन प्रतिबन्ध लगाएको छ । कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले २० मार्चदेखि १५ अप्रिल (७ चैतदेखि ७ वैशाख २०७७) सम्म कोरोना प्रभावित देशमध्ये ५५ वटा देशबाट नेपाल आउने नेपालीसहित विदेशीमाथि प्रतिबन्ध लगाएको हो ।

जसअनुसार युरोपका सबै मुलुक, पश्चिम एसियालगायत इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाएर आउने नेपालीसहित विदेशी नागरिकलाई नेपाल आउन प्रतिबन्ध लगाइएको छ । यो निर्णयसँगै दक्षिण कोरिया, जापान, मलेसिया, यूएई, कतारलगायत मुलुकमा वैदेशिक रोजगारीका लागि गएका नेपालीसमेत तोकिएको समयसम्म स्वदेश फर्कन पाउनेछैनन् । उपप्रधान तथा रक्षामन्त्री एवं समितिका संयोजक ईश्वर पोखरेलको संयोजकत्वमा समितिको बैठक बसेको थियो ।

कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले करिब ५५ देशका नागरिकलाई नेपाल आउन प्रतिबन्ध लगाएको बताए ।

‘संक्रमणको उच्च जोखिम रहेका करिब ५५ मुलुकबाट नेपाल आउनेमाथि प्रतिबन्ध लगाइएको हो,’ मन्त्री भट्टराईले राजधानीसँग भने ।

बैठकले ट्राभल एडभाइजरी जारी गरेको अवधिमा हवाई टिकट रद्द गर्दा पूरै रकम फिर्ता दिन र यात्रा मिति परिर्वतन गर्दा शुल्क नलिन वायु सेवा कम्पनीलाई आग्रह गरेको छ ।

यसअघि सरकारले १८ फागुनमा चीन, दक्षिण कोरिया, इरान, इटली र जापानका नागरिकलाई नेपाल आएपछि प्रदान गरिँदै आएको अन अराइभल भिसामा रोक लगाएको थियो । यस्तै, २९ फागुनमा सबै देशका विदेशी नागरिकलाई दिइँदै आएको अन अराइभल भिसा रोक्ने निर्णय भएको थियो भने नेपाल प्रवेश गर्नेलाई १४ दिन क्वारेन्टाइनमा राख्ने निर्णय भएको थियो ।

भारतसँगका नाकाबाट आवतजावत रोकिँदै

विश्वभर फैलिएको कोरोना संक्रमण भित्रिन नदिन अनेक उपाय अपनाइरहेको सरकारले भारततर्फका नाकाबाट आवतजावत रोक्ने तयारी गरेको छ । कोभिड १९ संक्रमण विश्वभर फैलिँदै गएपछि चीनतर्फका नेपालसँग जोडिएका नाका बन्द भइसकेका छन् भने सरकारले भारतसँगका नाकाबाट आवतजावत रोक्ने तयारी गरेको छ । तर, भारतबाट हुने अत्यावश्यक सामग्रीको आयात भने रोकिनेछैन ।

स्रोतका अनुसार बिहीबारबाट भारतसँग जोडिएका नाकाबाट मानवीय आवतजावत रोक्ने सरकारको तयारी छ । सो विषयमा बुधबार परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी र नेपालका लागि भारतीय राजदूत विजयमोहन क्वात्राबीच छलफल भएको स्रोत बताउँछ । तर, भारततर्फको स्पष्ट जवाफ आइसकेको छैन ।

हाल भारतसँगका नाकाबाट नेपाली तथा भारतीय नागरिक निर्बाध रूपमा आवतजावत गर्दै आइरहेका छन् । पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्या १ सय ३७ देखिएको छ भने हालसम्म तीन जनाको मृत्यु भइसकेको छ । राजधानीबाट ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -