काठमाडौं, ५ चैत २०७६ । कोरोनाभाइरसको आशंकामा पाँचजना विदेशीलाई टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा भर्ना गरिएको छ ।
भर्ना भएकामध्ये चारजना आइसोलेसनमा र एकजनालाई आइसियूमा राखेर उपचार भईरहेको छ ।
उनीहरु पाँचजना अमेरिका र स्कटल्याण्डका नागरिक हुन् । उनीहरूलाई सोमबार भर्ना गरिएको थियो । एकजनालाई भने गम्भीर निमोनिया देखिएपछि सोमबार नै आइसियूमा राखेर उपचार गरिएको अस्पतालले बताएको छ ।
सबैको आज बेलुकासम्म परीक्षणको नतिजा आइसक्ने बताइएको छ ।








































