Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४१:३१ बिहान
- ADVERTISEMENT -

एसईई भोलिदेखि, सबै तयारी पूरा

प्रकाशित मिति: २०७६ चैत ५, बुधबार

656
Shares

काठमाडौँ, ५ चैत २०७६ । यो वर्ष अर्थात् २०७६ सालको एसईई परीक्षा चैत ६ गतेबाट सुरु हुँदैछ । यस परीक्षाका लागि आवश्यक सबै तयारी पूरा गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

परीक्षाका लागि परीक्षा केन्द्र तय गर्ने, उत्तरपुस्तिका तथा प्रश्नपत्र सम्बद्ध स्थान पु¥याउने, केन्द्राध्यक्षको नियुक्ति लगायतका सबै तयारी सकिएको परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिनुभयो । सबै जिल्लामा केन्द्राध्यक्षको अभिमुखीकरण कार्यक्रमसमेत सकिएको छ ।

यस पटकको परीक्षामा जम्मा चार लाख ८२ हजार ७०७ जना परीक्षार्थी सहभागी हुने जानकारी परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले दिएको छ । यिनमा छात्रतर्फ दुई लाख ३९ हजार ९१ जना र छात्रातर्फ दुई लाख ४३ हजार ६१६ जना परीक्षार्थी हुनेछन् । परीक्षामा छात्रको तुलनामा छ हजार बढी छात्रा सहभागी हुनेछन् । परीक्षा साधारण विषयतर्फ चैत १४ र प्राविधिक विषयतर्फ १७ गते सकिने कार्यतालिका छ ।

परीक्षा केन्द्र एक हजार ९९५

यस पटकको परीक्षामा जम्मा एक हजार ९९५ वटा परीक्षा केन्द्र तय गरिएको छ । यसअनुसार प्रदेश १ मा ३७५, प्रदेश २ मा २६६, बाग्मती प्रदेशमा ४२१, गण्डकी प्रदेशमा २२०, प्रदेश ५ मा ३२६, कर्णाली प्रदेशमा १७६ र सुदूरपश्चिममा २११ वटा परीक्षा केन्द्र तय गरिएको छ । सबैभन्दा धेरै परीक्षा केन्द्र बाग्ग्मती प्रदेशमा तय गरिएको छ ।

विद्यार्थीलाई मानसिक रूपमै परीक्षाका लागि तयार बनाउन तथा भयरहित हिसाबले परीक्षा सञ्चालन गर्न सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क स्थापना गरिएको छ । प्रदेश तथा स्थानीय सरकारसितको समन्वयमा त्यो काम गरिने भएको छ । स्वास्थ्य र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको संयुक्त बैठकबाट सो निर्णय गरिएको हो । बिरामी अवस्थाका विद्यार्थीलाई परीक्षामा सहभागी गराउनुपर्ने अवस्था आएमा सबै परीक्षा केन्द्रमा अलग्गै कोठाको व्यवस्था गर्न केन्द्राध्यक्षहरूलाई निर्देशसमेत गरिएको छ ।

प्रश्नपत्रको सुरक्षित प्याकिङ

यस पटकको परीक्षामा सुरक्षा र गोपनीयताको हिसाबले विशेष सावधानी अपनाइएको छ । प्रत्येक दिनको परीक्षाका लागि अलग अलग कपडाको थैलामा प्रश्नपत्र प्याकिङ गरी लाहाछाप लगाइएको परीक्षा नियन्त्रक खकुरेलले जानकारी दिनुभयो ।

यसअघि सबै विषयको प्रश्नपत्र एउटै कपडाको थैलामा प्याकिङ गर्ने र त्यसभित्र प्लास्टिकले प्याकिङ गर्ने गरिएको थियो । तर प्लास्टिकमा लाहाछाप हुँदैनथ्यो । यस पटक भने सावधानी अपनाइएको जनाइएको छ ।

सहयोग गर्न आह्वान

शिक्षकहरूको छाता संस्था नेपाल शिक्षक महासङ्घले झन्डै पाँच लाख विद्यार्थी सहभागी हुने एसईईलाई सफल बनाउन देशभरका शिक्षकलाई आह्वान गरेको छ । महासङ्घका अध्यक्ष बाबुराम थापाले हालको अवस्थामा परीक्षा रोक्न नहुने उल्लेख गर्दै सतर्कताका साथ अघि बढ्नुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो । परीक्षा सफल पार्न सरकारी संयन्त्रलाई सहयोग गर्न र विद्यार्थीलाई उत्साहित हिसाबले परीक्षामा सहभागी बनाउन देशभरका शिक्षकलाई आग्रह गरिएको उहाँले बताउनुभयो । विद्यार्थीलाई परीक्षामा सहभागी गराउनुअघि आवश्यक स्वास्थ्य परीक्षणको व्यवस्था गर्न महासङ्घले सरकारसित माग राखेको छ ।

मन्त्री पोखरेलको अपिल

यसैबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले भयरहित वातावरणमा एसईई परीक्षामा सहभागी हुन सबै विद्यार्थीमा आह्वान गर्नुभएको छ । मङ्गलबार सार्वजनिक अपिल जारी गर्दै मन्त्री पोखरेलले परीक्षा केन्द्रमा विद्यार्थीलाई निर्बाध रूपमा परीक्षा लिने वातावरण बनाउन र अनावश्यक भीभाडसमेत नगर्न अभिभावकलाई समेत आग्रह गर्नुभएको छ । हालको अवस्थामा कोरोना भाइरसको सङ्क्रमणबाट आतङ्कित हुन नपर्ने र ७५३ वटै स्थानीय तहलाई सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्न आग्रह गरिएको मन्त्रीले उल्लेख गर्नुभएको खबर आजको गोरखापत्र दैनिकले छापेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -