अमेरिका, ३ चैत २०७६ । खोपको पहिलो मानव परीक्षण अमेरिकामा सुरु हुने भएको छ ।
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरस सङ्क्रमणबाट जोगाउन विकास गरिएको खोप पहिलो पटक मानवमा परीक्षण हुन लागेको हो ।
अमेरिकी सरकारले उपलब्ध गराएको खर्चमा सुरु गर्न लागेको यो परीक्षणमा ४५ जना वयस्क अमेरिकी स्वयंसेवीहरू सहभागी हुने भएका छ्न ।
खोप परीक्षण अमेरिकाको सीयाटलमा सोमवार हुँदैछ । ती स्वयंसेवीहरूले सङ्क्रमित नभईकनै खोपका विभिन्न मात्रा लिनेछन् ।
उक्त खोपमा वास्तविक कोरोनाभाइरसको कुनै अंश छैन । त्यसमा मेसिन्जर आरएनए (MRNA) को सानो भाग भएको बताइएको छ ।
कोरोना खोप कहिले बन्ला ?
कोरोनाभाइरसबाट विश्वभरि कहाँ कति सङ्क्रमण र मृत्यु
विश्वव्यापी महामारी के हो र यो शब्दावली किन प्रयोग गरिन्छ । बिरामीको कोषलाई भाइरसको सङ्क्रमणबाट जोगाउन वा रोगविरुद्ध लडेर निको पार्न आवश्यक प्रोटीन उत्पादन गर्न सक्रिय बनाउने वैज्ञानिकहरूको योजना छ ।
पहिलो चरणमा कोरोनाभाइसविरुद्धको भ्याक्सीनको मात्राले प्रतिरक्षा प्रणालीले कुनै प्रतिक्रिया जनाए वा नजनाएको जाँच हुनेछ ।
परीक्षण गर्न लागिएको भ्याक्सीनलाई नाम MRNA-1273 नामकरण गरिएको छ । त्यसलाई मोडेर्ना नाम गरेको निर्माताले बनाएको छ ।
नयाँ परीक्षण सियाटलको काइसर पर्मानन्ट वाशिङ्टन हेल्थ रिसर्च इन्स्टिट्यूटमा हुन लागेको हो ।








































