अस्ट्रेलिया, १ चैत २०७६ । अष्ट्रेलियाका गृह मन्त्रि पीटर डटनको कोरोना भाइरस टेस्ट पोजेटिभ आएको छ । यद्यपी यसको आधिकारीक पुष्टि दिइएको छैन । अष्ट्रेलियाका मिडियाहरुले भने पीटर कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि गरेका छन् ।
त्यस्तै, प्रधानमन्त्री ट्रुडोकी श्रीमति सोफीमा कोरोना भाइरसको संक्रमण पोजिटिभ फेला परेको खबर बाहिरिएको छ । संक्रमित भएसँगै क्यानाडेली प्रधानमन्त्री जस्टिन ट्रुडो र उहाँकी श्रीमति सोफी १४ दिनसम्म ‘आइसोलेशन’मा बस्नुहुनेछ ।
बेलायतबाट फर्किनुभएकी सोफीले स्वास्थ्य परीक्षण गराएपछि कोरोनाको संक्रमण पाइएको हो । प्रधानमन्त्री ट्रुडोमा भने कोरोना संक्रमणको कुनै लक्षण देखिएको छैन् । उहाँको स्वास्थ्य परीक्षण समेत नभएको ग्लोबल न्युजले उल्लेख गरेको छ ।








































