Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:०२:५२ बिहान
- ADVERTISEMENT -

भारतमा कोरोना संक्रमणले पहिलो मृत्यु

प्रकाशित मिति: २०७६ फागुन ३०, शुक्रबार

772
Shares

काठमाडौं, ३० फागुन २०७६ | कोरोना भाइरसको संक्रमणले भारतमा पहिलो मृत्युको घटना फेला परेको छ । भारतको कर्नाटका एकजना ७६ बर्षीय पुरुषको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतको कर्नाटका राज्यको कालाबुर्गीमा मंगलबार मृत्यु भएका वृद्धको भाइरसकै संक्रमणले मृत्यु भएको पुष्टि भएको छ । उहाँको मृत्यु कारण परीक्षण प्रतिवेदन बिहिबार मात्रै आएको थियो । सऊदी अरबबाट हैदराबाद पुग्नुभएका उहाँलाई कालाबुर्गी ल्याइएको थियो । उहाँको घाँटीको रयालको परीक्षण बुधबार बैंग्लौरमा परीक्षण गरिएको थियो ।

भारतको कर्नाटका राज्यको स्वास्थ्य तथा परिवार कल्याण विभागले उक्त व्यक्तिको सम्पर्कमा आएका परिवारजन, चिकित्सकसहित करिब ४३ जनालाई आईसोलेशनमा राखिएको छ । जनवरी २९ मा भारतबाट उहाँ साउदीको पवित्र धार्मिक स्थल मक्काका लागि प्रस्थान गर्नुभएको थियो । फेब्रुअरी २९ मा फर्किदा हैदराबादमा उहाँको स्वास्थ्य परीक्षण गर्दा कोभिड–१९ को संक्रमण फेला परेको थिएन ।

कोरोना भाइरसको संक्रमण भारतमा तिब्र रुपमा बढेको छ । जसको नकारात्मक असर आर्थिक क्षेत्रमा समेत देखा परेको छ । साताको सुरुवातमा मात्र ३० जनामा पुष्टि भएको संक्रमण शुक्रबारसम्म करिब ७५ पुगेको छ । बिहिबार मात्रै कोरोना संक्रमितको संख्यामा नयाँ १५ बिरामी थपिएका छन् । शुक्रबार नै भारतको पुणेमा एक वृद्धको संक्रमणले मृत्यु भएको हो ।

विश्वमा कोरोना भाइरस संक्रमितको सख्ंया करिब एक लाख ३४ हजार ६७९ पुगेको छ । मृत्यु हुनेको संख्या करिब पाँच हजार पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार बिहिबार अबेरसम्म कोरोना संक्रमणले कुल चार हजार नौ सयजनाको मृत्यु भएको हो । बिहिबार मात्रै विश्वमा कोरोना संक्रमित ३२१ जनाको मृत्यु भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -