Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४८:४० बिहान
- ADVERTISEMENT -

पोखराको आकाशमा ‘हट एयर बेलुन’

प्रकाशित मिति: २०७६ फागुन २९, बिहीबार

719
Shares

पोखरा, २९ आगुन २०७६ । पोखरा साहसिक खेल पारखीका लागि उत्कृष्ट गन्तव्य बन्दै गइरहेको छ । प्राकृतिक सुन्दरताले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउँदै आएको पोखरा पछिल्लो समय साहसिक खेल पारखीको पनि उत्कृष्ट गन्तव्य बन्दै गइरहेको हो ।

पोखरामा प्याराग्लाइडिङ, जिपफ्लायर, बञ्जिजम्प, अल्ट्रालाइट, स्काइ डाइभ र हट एयर बेलुन सञ्चालनमा रहेका छन् । हट एयर बेलुन अरुभन्दा केही फरक मानिन्छ । बेलुन आकारमा देखिने यसको ‘इनेभेलप’भित्र पङ्खाले हावा भरिन्छ ।

बेलुन आकारमा आइसकेपछि ग्यासबाट आगो बालेर उक्त हावालाई तताइन्छ । तातो हावाले बेलुनको उचाइ लिन्छ र हावाको गति नियन्त्रण गर्दै पाइलटले उडान गर्छन् । 

एक्काइस मिटर अग्लो बेलुनको तल्लो भागमा ३२ वर्ग मिटरको बास्केट जडित छ । बास्केटमा आठ जनाले एकैपटक यात्रा गर्न सक्दछन् ।

होटल र ट्रेकिङ व्यवसाय गरिरहेका पिन्चो लामाले तत्कालीन हवाइ विभागबाट अनुमति लिएर सन् १९९१ मा ‘सनराइज बेलुन’ नामक कम्पनीमार्फत नेपालमा यसको व्यावसायिक उडान शुरु गर्नुभएको हो । पोखरामा सन् २०१८ नोभेम्बर १६ देखि हट एयर बेलुनको उडान शुरु भएको बेलुन नेपाल प्राली पोखराका अध्यक्ष विक्रम बाडेले जानकारी दिए।

समुन्द्र सतहदेखि तीनदेखि चार हजार मिटर उचाइसम्म उड्न सकिने यसबाट पोखरा र आसपासका सुन्दर हिमशृङ्खलाको दृश्यावलोक गर्न सकिने बाडेको भनाइ छ । वर्षायामका तीन महिना असार, साउन र भदौबाहेक हरेक महिना मौसम अनुकूल  भएको दिन उड्न सकिने उनले बताए। कम्पनीले प्रतिव्यक्ति २० हजार डलर बराबरको इन्स्योरेन्ससमेत गर्ने गर्छ ।

यस कम्पनीमा अध्यक्ष बाडेसँगै हिमालयन इन्भेष्टमेन्ट प्रालिका तर्फबाट दीपककुमार श्रेष्ठ र सविन महर्जनको चार करोड ५० लाखको संयुक्त लगानी छ । हाल हट एयर बेलुनको व्यावसायिक उडान फेवातालको माथिल्लो भेग पामेबाट हुँदै आएको छ ।

सूर्योदय मन पराउने बिहानको समयमा उड्न सक्छन् भने सूर्यास्त मन पराउने साँझको समयमा उड्ने गर्छन् । दिउँसोको समयमा हावाको गति बढी हुने भएकाले बिहान र साँझतिरको समय हट एयर बेलुनका लागि उपयुक्त मानिन्छ ।

आधा घन्टा उडानको नेपाली र भारतीय पर्यटकले नौ हजार तिर्नुपर्छ भने अन्य देशकाले एक सय बीस डलर तिर्नुपर्ने पोखरा कम्पनीका मार्के्टिङ प्रमुख सङ्गीता कायस्थले जानकारी दिए। विशेष अवसरमा रिजर्भ गरी प्राइभेट उडान गर्न चाहनेका लागि आधा घण्टाको ५५ हजार र एक घण्टाको ८० हजार रुपैयाँ तोकिएको छ ।

त्यस्तै फोटो, भिडियोको पेन ड्राइभसहित एक हजार ५०० अतिरिक्त शुल्क तोकिएको छ । पत्रकार अमृत भादगाउँले पोखराको सुन्दरतालाई हट एयर बेलुनमा उड्दै फोटो कैद गर्दाको अनुभूति निकै रोमाञ्चक भएको अनुभव सुनाए। “पोखरा आफैँ हेरेर नथाकिने शहर हो, यसको सुन्दरतालाई हावामा उडेर चारैतिर एकनाश हेर्न पाउनु र सुन्दर तस्बिर लिन पाउनुको मज्जा बेग्लै हुन्छ ।”

बर्थ डे सेलिब्रेशन, एनिभर्सरीलगायत विशेष अवसरमा पनि परिवार र साथीभाइसँग आनन्दले उडेर सेलिब्रेशन गर्न मिल्ने भएकाले यो साहसिक खेल अरुको तुलनामा अझ सहज र विशेष रहेको जनाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -