Opens in a new tab
२०८३ कात्तिक २९, शनिबार
१:३०:४९ दिउँसो
- ADVERTISEMENT -

गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि जापानका राजदूत मासामिचि साइगोले आज शिष्टाचार भेट

प्रकाशित मिति: २०७५ भदौ ६, बुधबार

4622
Shares

काठमाडौँ, भदौ ६ गते । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि जापानका राजदूत मासामिचि साइगोले आज शिष्टाचार भेट गर्नुभएको छ ।

गृह मन्त्रालयमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रित रहेको थियो । सो अवसरमा गृहमन्त्री थापाले कूटनीतिक सम्बन्ध स्थापना भएदेखि जापानले सुरक्षा निकायलगायत अन्य क्षेत्रमा सहयोगप्रति राजदूत साइगो मार्फत जापान सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो ।

उहाँले नेपालको पूर्वाधार, ऊर्जा, पर्यटन, कृषि लगायतको क्षेत्रमा जापानको सहयोग र लगानीका लागिसमेत राजदूतसँग आग्रह गर्नुभयो । गृहमन्त्री थापाले केही समयअघि जापानमा आएको बाढीका कारण त्यहाँ ठूलो जनधनको क्षति भएको भन्दै दुःख व्यक्त गर्नुभयो ।

राजदूत साइगोले आफू गत जुन महीनामा मात्रै नेपालको राजदूतका रुपमा कार्यभार सम्हालेको गृहमन्त्री थापालाई जानकारी गराउँदै आफ्नो कार्यकालमा नेपाल र जापानबीचको सम्बन्ध थप मजबुद बनाउन पहल गर्ने बताउनुभयो ।

उहाँले नेपाललाई जापानले दिँदै आएको सहयोग निरन्तर रहने भन्दै सो सहयोग थप गर्न आफूले भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । जापानी लगानीकर्तालाई नेपालमा लगानी गराउन आफ्नो कार्यकालमा सक्दो पहल गर्ने राजदूतले बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -