Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४७:४० बिहान
- ADVERTISEMENT -

जापानका प्रधानमन्त्रीलाई आपतकाल घोषणा गर्न अधिकार

प्रकाशित मिति: २०७६ फागुन २८, बुधबार

878
Shares

जापान, २८ फागुन २०७६ । कोरोनाभाइरस (कोविड–१९) को सङ्क्रमण रोक्न जापानको मन्त्रिपरिषद्ले प्रधानमन्त्री शिन्जो आबेलाई विशेष अख्तियारी दिने विधेयकलाई मङ्गलबार (१० मार्च) स्वीकृति दिएको छ । नयाँ विधेयकअनुसार प्रधानमन्त्री आबेले आवश्यकता परेको खण्डमा आपतकाल घोषणा गर्न सक्नेछन् ।

दुई वर्षसम्मको समयावधि तोकिएको उक्त विधेयकले हाल कार्यान्वयनमा रहेको नयाँ इन्फ्लुएन्जा रोकथाम कानूनलाई संशोधन गरेको छ । गत फेब्रुअरीमा जापानमा कोरोनाभाइरसलाई सङ्क्रामक रोगको रुपमा वर्गीकरण गरिएको थियो ।

उक्त विधेयकलाई आगामी बिहीबार बस्ने संसद्को तल्लो सदनले पारित गर्ने र त्यसको भोलिपल्ट माथिल्लो सदनले अनुमोदन गर्ने अनुमान गरिएको छ । प्रधानमन्त्री आबेको लिबरल डेमोक्रेटिक पार्टीको दुवै सदनमा बहुमत छ ।

नयाँ कानूनअनुसार स्थानीय सरकारहरुले स्थानीय मानिसलाई घरभित्रै बस्न निर्देश गर्न सक्ने, स्कुलहरु बन्द गराउन पाउने तथा धेरै मानिस भेला हुने स्थानहरु बन्द गराउन सक्नेछन् । साथै स्थानीय सरकारहरुले कोरोनाभाइरससँग जुध्न आवश्यक औषधि र अन्य अत्यावश्यक सामग्रीको बेचविखनमा नियन्त्रण गर्ने, निजी जग्गा जमिन र स्थानहरूलाई नियन्त्रणमा लिई स्वास्थ्योपचारका सेवा सञ्चालन गर्न सक्नेछन् ।

संसद्को बजेट समितिको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री आबेले आपतकाल घोषणाबाट मानिसका वैयक्तिक अधिकारका कतिपय विषय हनन् भएको देखिए पनि आपतकालको निर्णय गर्नुअघि आफूले परिस्थितिको राम्रोसँग अध्ययन गर्ने बताएका सिन्ह्वाले जनाएको छ । जापानको हालको कानूनमा प्रधानमन्त्रीले जबर्जस्ती स्कुलहरु बन्द गराउन वा कार्यक्रमहरु रद्द गर्न सक्ने प्रावधान छैन । तैपनि प्रधानमन्त्री आबेले कोरोना प्रसारको भयावह परिस्थितिलाई ध्यानमा राखी आमजनतालाई आश्वस्त पार्न खोजेका थिए ।

विपक्षी दलहरुले भने व्यक्तिको स्वतन्त्रतामा आँच नआओस् भन्नका लागि सरकार निकै चनाखो हुनुपर्नेमा जोड दिएका छन् । मुख्य विपक्षी दल डेमोक्रेटिक पार्टी अफ जापानले आपतकाल घोषणा गर्नुअघि संसद्को स्वीकृति लिनुपर्ने बताएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -