Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:०९:३८ बिहान
- ADVERTISEMENT -

डेमोक्रेटिक पार्टीबाट ट्रम्पसँग को भिड्लान् ?

प्रकाशित मिति: २०७६ फागुन २८, बुधबार

686
Shares

अमेरिका, २८ फागुन २०७६ । अमेरिकाको मिसिगनसहित ६ वटा राज्यमा डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार छान्न मतदान शुरु भएको छ । यस चुनावमा पार्टीका दुई वरिष्ठ सदस्यहरू जो बाइडेन र बर्नी स्यान्डर्स चुनावी मैदानमा छन् ।

डेमोक्रेटिक पार्टीका तर्फबाट यी दुई नेतामध्ये एकले रिपब्लीकन पार्टीका तर्फबाट उम्मेदवार भएका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आगामी नोभेम्बरमा चुनावमा भिड्ने छन् ।

चुनाव भइरहेका राज्यहरूमा मिसिगनसहित इडाहो, मिसिसिपी, मिजौरी, नर्थ डकोटा र वासिङ्टन स्टेट रहेका छन् ।

यी ६ वटा राज्यमध्ये सबैभन्दा बढी पार्टी प्रतिनिधि चुनिने मिसिगनतर्फ दुवै उम्मेदवारले विशेष ध्यान दिएका छन् । अघिल्ला चुनावमा मध्यम प्रदर्शन गर्नु भएका स्यान्डर्सले मिसिगनको चुनाव जितेमा मात्र उनलाई भाबी यात्रा केही सहज हुनेछ ।

राष्ट्रपतिको चुनावी दौडमा उभिएका सबैजसो उम्मेदवारले बाइडेनलाई समर्थन गरिसकेकाले सिनेटर स्यान्डर्सलाई चुनाव जित्न निकै हम्मे पर्ने आँकलन गरिएको छ । अघिल्लो मङ्गलबार १४ वटा राज्यमा भएको चुनावमा बाइडेनले १० वटा राज्यमा तथा स्यान्डर्सले ४ वटा राज्यमा विजय हात पारेका थिए । यसबाट बाइडेनको पक्ष निकै बलियो भएको थियो ।

मतदानका लागि मतदान स्थलमा पुगेका अधिकांश मतदाताले राष्ट्रपति ट्रम्पलाई परास्त गर्नसक्ने उम्मेदवार छान्नु नै अहिलेको सर्वाधिक महत्वपूर्ण पक्ष रहेको बताएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -