Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०१:४५ बिहान
- ADVERTISEMENT -

नेपाल राष्ट्र बैंकले सुन निक्षेपमा राख्ने व्यवस्था

प्रकाशित मिति: २०७६ फागुन २२, बिहीबार

1244
Shares

काठमाडौं, २२ फागुन २०७६ । नेपाल राष्ट्र बैंकले सुन निक्षेपमा राख्ने व्यवस्था कार्यान्वयन गर्न बैंकहरुलाई निर्देशन दिएको छ । बिहीबार परिपत्र जारी गर्दै बैंकहरुलाई कार्यविधि बनाएर सुन निक्षेपमा राख्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।

चालु आर्थिक वर्षका लागि सरकारले बजेटमा नै नेपाली नागरिकले सम्पत्तिको रुपमा आर्जन गरेका सुन र चाँदी लगायत बहुमूल्य धातुहरु बैंकमा निक्षेपको रुपमा जम्मा गर्ने ब्यवस्था मिलाइने उल्लेख थियो ।

सरकारले ल्याएको योजना कार्यान्वयन गराउन राष्ट्र बैंकले बिहीबार परिपत्र जारी गरेको हो ।

तर यो सुविधा वाणिज्य बैंकहरुले मात्रै प्रदान गर्नसक्ने राष्ट्र बैंकले बताएको छ । सुन निक्षेपमा राख्न बैंकहरुले नीति तथा कार्यविधि बनाएर सञ्चालक समितिबाट पारित गराई लागू गर्नु पर्ने राष्ट्र बैंकले बताएको छ ।

‘सुन निक्षेप लिँदा निक्षेपकर्ताबाट उपलब्ध हुने सुनको शुद्धता तथा तौलको जाँच गर्ने संयन्त्रको स्थापना गरी कम्तीमा ९९५ फिटनेसको सुनमात्र स्वीकार गर्नुपर्नेछ’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ ।

बैंकले कुन शाखाबाट सुन निक्षेपमा स्वीकार गर्ने भनेर भनेर सूचना प्रकाशन गर्नु पर्ने समेत राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकका अनुसार न्यूनतम् २५ ग्राम परिमाणको सुनलाई निक्षेपको रुपमा स्वीकार गर्नुपर्नेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -