Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०१:३९ बिहान
- ADVERTISEMENT -

गोलाप्रथाद्धारा राष्ट्रियसभाको दुईवर्षे कार्यकाल पूरा गरेकालाई बिदाइ

प्रकाशित मिति: २०७६ फागुन २०, मंगलबार

545
Shares

काठमाडौं, २० फागुन २०७६ । राष्ट्रिय सभाका १८ सांसदको कार्यकाल आज सकिएको छ ।

गोलाप्रथाद्धारा राष्ट्रियसभाको दुईवर्षे कार्यकाल पूरा गरेर उनीहरु सोमबारबाट बिदा भएका छन्। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले उनीहरुलाई बिदा गरेका हुन्।

मंगलबार बसेको राष्ट्रिय सभाको बैठकपछि नेकपाका ८, कांग्रेसका ६, राजपाका २, समाजवादीको १ र राष्ट्रपतिबाट मनोनित एकजना सांसदले बिदा लिएका हुन्। अर्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडाको कार्यकाल पनि आजैदेखि सकिएको छ। खतिवडालाई राष्ट्रपतिले राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी थिइन्।

दुईवर्षे कार्यकालबाट बिदा हुनेहरुमा सकिने नेकपा सांसदहरुमा हरिचरण शिवाकोटी, बलराम बास्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालिबहादुर मल्ल र खेमराज नेपाली हुन्।

त्यसैगरी राष्ट्रिय सभामा कांग्रेसका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे पनि बिदा हुने भएका छन्। अन्यमा सचेतक सरिता प्रसाई, बिन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव र धनकुमारी खतिवडा पनि बिदा भएका छन्।

दुईवर्षे कार्यकाल नै भएका कांग्रेसका सांसद दुर्गाप्रसाद उपाध्यायको निधन भएको छ। बिदा हुनेमा राष्ट्रिय जनता पार्टी नेपालका वृजेशचन्द्र लाल र रमेशप्रसाद यादव छन्।

समाजवादीका रामप्रीत पासवान पनि २ वर्षे कार्यकाल सकिएर बिदा भएका छन्।

५९ सदस्यीय राष्ट्रियसभामा कांग्रेस १३ सिटसहित थियो तर गोलाप्रथामा कांग्रेसका ७ सांसदको भागमा दुईवर्षे कार्यकाल परेको थियो।

१८ सांसदको दुई वर्षे कार्यकाल सकिनुअघि नै माघ ९ गते सातै प्रदेशमा चुनाव भइसकेको छ। यो चुनावमा नेकपाका १६ र राजपाका २ उम्मेदवार निर्वाचित भएका छन्। उनीहरुले मंगलबारै सपथ लिँदैछन्।

नेकपामा चलेको विवादका कारण अर्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडाको स्थानमा कसैको नाम सिफारिस भएको छैन। नेकपा सचिवालयले वामदेव गौतमको नाम सिफारिस गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई अस्वीकार गरिदिएका छन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -