काठमाडौँ, १८ फागुन २०७६ । विश्वको कैयौ देशमा महामारी जस्तो संकट बनिसकेको कोरोना भाइरसको डर दिनानुदिन बढिरहेको छ ।
प्रभावित देशहरुमा संक्रमितहरुको संख्या मात्र बढिरहेको छैन, मृतकको आकडा पनि बढिरहेको छ । शनिवार बेलुकासम्म चीन सहित विश्वभरमा मृतकको संख्या २,९६९ पुगेको छ । भने, ८६,२७५ मानिस संक्रमित भएका छन् । चीनमा विरामीको संख्या घटिरहेको छ । यद्यपी, ३९,७८१ मानिसहरु उपचार पछि स्वस्थ भएर घर फर्केका छन् ।
कोरोनाले अमेरिकामा शनिवार पहिलो मुत्युको घटना अगाडि आएको छ । स्वास्थ्य विभागका अनुसार, कुनै अज्ञात ठाउँबाट संक्रमणको शिकारमा परेका ब्यक्तिको वाशिंगटन स्टेटमा निधन भएको बताइएको हो । बढ्दो खतरालाई मध्यनजर गर्दे १४ मार्चमा लस वेगासमा प्रस्तावित दक्षिण पुर्वि एशियाली देश (आसियान) का नेताहरुको बैठकलाई पनि स्थगित गरिदिइएको छ । यता, भियतनामले भने आफनो देशमा संक्रमित सबै १६ जना नै स्वस्थ्य भएको दावि गरेको छ ।
चीनमा ४७ थपको मुत्यु
चीनमा ३५ जनाको मुत्युसँगै मृतकको आकडा २८७० पुगेको छ । ५७३ नयाँ संक्रमित पनि फेला परेसँगै संक्रमितको संख्या ७९,८२४ पुगेको छ । दोस्रो स्थानमा ईरान छ जहाँ मृतकको संख्या ४३ छ भने २९३ मा नयाँ भाइरस देखा परेको छ । दक्षिण कोरियामा भने सबैभन्दा धेरै ८१३ जना नयाँ संक्रमित फेला परेको छ ।
त्रासमा विश्व
ईरानको सांसद मोहम्मद रामजानीको मुत्यु
अमेरिकाले आफना नागरीकहरुलाई इटलीमा अत्यावश्यकको यात्रा वाहेकमा प्रतिबन्ध
जापान : टोक्यो–ओसाकामा अप्रिलमा हुन लागेको चेरी ब्लसम फेस्टिवल रद्ध ।
इंडोनेशिया पुगेका चीनीया पर्यटक आफनो देश फर्कन मानेनन् ।
अल सल्वाडोरले इटली, दक्षिण कोरिया तथा ईरानका नागरीकलाई आफनो देश प्रवेशमा लगायो रोक ।
साउदी अरबले खाडी देशका नागरीकलाई मक्का र मदीना आउन रोक लगायो ।
चीनले भाइरस फैलनबाट रोक्नको लागी एउटा विशेषज्ञ टोली ईरान पठायो ।
कतार–इक्वाडोर मा पनि संक्रमण, ६० देशमा रोगी ।
पाकिस्तान थप २ जना विरामी, ४ जना पुग्यो संक्रमितको संख्या








































