Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:००:३५ बिहान
- ADVERTISEMENT -

संयुक्त राष्ट्रसङ्घबाट फोर्स कमाण्डरमा उपरथी छनोट

प्रकाशित मिति: २०७६ फागुन १४, बुधबार

700
Shares

काठमाडौँ, १४ फागुन २०७६ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सिरिया र इजरायलको सीमा गोलानहाइट क्षेत्रमा तैनाथ शान्ति मिसन (अनडोफ)को फोर्स कमाण्डरको जिम्मेवारी नेपाललाई प्राप्त भएको छ ।

त्यहाँ तैनाथ संयुक्त राष्ट्रसङ्घीय शान्ति पर्यवेक्षण सैनिक कमाण्डर (युएन डिस्इङ्गेजमेन्ट अब्र्जभेशन फोर्स) कमाण्डरमा संयुक्त राष्ट्रसङ्घले नेपाली सेनाका उपरथी ईश्वर हमाललाई छनोट गरेको औपचारिक सूचना प्राप्त भएको प्रधानसेनापति पूर्णचन्द्र थापाले आज आयोजित एक कार्यक्रम जानकारी दिए ।

शान्ति सैनिक पठाउने मुलुकका सैनिक प्रतिनिधिबीचको प्रतिस्पर्धामा उपरथी हमाल फोर्स कमाण्डरमा चयन हुन सफल भएका हुन् । शान्ति सैनिकको फोर्स कमाण्डरको जिम्मेवारी पाउने उपरथी हमाल छैटौँ उच्च नेपाली सैनिक अधिकृत हुन् । फोर्स कमाण्डरको हैसियत संयुक्त राष्ट्रसङ्घको सहायक उपमहासचिवसरह मानिन्छ ।

इजरायल र सिरियाका सेनालाई युद्धमा जानबाट रोक्नु त्यहाँ परिचालिन शान्ति सैनिकको मुख्य जिम्मेवारी हो । गोलनहाइट क्षेत्रमा विभिन्न मुलुकका करिब दुई हजार सङ्ख्यामा शान्ति सैनिक परिचालित छन् । प्रतिस्पर्धीमध्येबाट छानिएका चारलाई संयुक्त राष्ट्रसङ्घ मुख्यालयले बेग्लाबेग्लै अन्तर्वार्तापछि हमालको नाम छनोट भएको थियो ।

फोर्स कमाण्डमा छनोट भएका उपरथी हमालको इजरायल र सिरियाबाट एग्रिमो आउन केही ढिलाइ भएका कारण संयुक्त राष्ट्रसङ्घले हिजो मात्र त्यससम्बन्धी जानकारी सार्वजनिक गरेको थियो । उपरथी हमाल हाल शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेजका प्रमुख (कमाण्डेन्ट) छन् ।

गोलानहाइटमा यसअघि पूर्वरथी बालानन्द शर्मा र हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले फोर्स कमाण्डरको जिम्मेवारी कुशलतापूर्वक सम्हालेका थिए। तत्कालीन नेपाली सेनाका उपरथीत्रय कृष्णनारायणसिंह प्रधान, भिक्टी राणा र पवनजङ्ग पाण्डेले पनि फोर्स कमाण्डरको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गरेका थिए । फोर्स कमाण्डर शान्ति सैनिक पठाउने मुलुकलाई उपलब्ध गराइने सबैभन्दा माथिल्लो दर्जा हो ।

उपरथी हमालले एक वर्षका लागि फोर्स कमाण्डका लागि नियुक्ति पाएका छन् । संयुक्त राष्ट्रसङ्घको नियमावलीअनुरुप अर्काे वर्षका लागि उनले पुनः नियुक्ति हुनुपर्नेछ । शान्ति सैनिक पठाउने सम्बन्धित मुलुकले निरन्तरता दिएमा, कमाण्डरले इच्छा राखेमा तथा संयुक्त राष्ट्रसङ्घले चाहना गरेमा तीन वर्षसम्म फोर्स कमाण्डरको जिम्मेवारीमा रहन सक्ने पूर्वरथी शर्माले जानकारी दिए ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न द्वन्द्वरत मुलुकका ४३ शान्ति मिसनमा रही हालसम्म एक लाख २९ हजार ८९९ नेपाली सैनिकका सकल दर्जाले जिम्मेवारी सम्हाली सकेका छन् । सन् १९५८ देखि हालसम्म विश्व शान्ति स्थापनार्थ सहभागी हुँदा नेपाली सेनाका ६५ ले वीरगति प्राप्त गरेका छन् भने ६६ गम्भीर घाइते भएका छन् । हाल विश्वका १२ वटा शान्ति मिसनमा पाँच हजार ९६ नेपाली सैनिक परिचालित छन् । त्यसमध्ये महिलाको सङ्ख्या १८१ छ । 

धेरै शान्ति सैनिक पठाउने मुलुकको सूचीमा नेपाल हाल चौथो बरियतामा छ । ठूलो सङ्ख्यामा शान्ति सैनिक पठाउने कुनै पनि बेलामा हाम्रो फोर्स कमाण्डर खाली हुनुहुन्न । “फोर्स कमाण्डर प्राप्त हुनु हाम्रो लागि गौरवको विषय हो । संयुक्त राष्ट्रसङ्घले हाम्रो योगदानको कदर गर्नुपर्यो”, शर्माले भने, “नेपालले फोर्स कमाण्डर प्राप्त नगरेको केही वर्ष भइसकेको थियो । हाम्रै जति सैनिक खटाउने मुलुकलाई धेरै फोर्स कमाण्डर दिइएको छ । सरकारले यसका लागि सकारात्मक भूमिका खेल्नु पर्यो ।” नेपालले संयुक्त राष्ट्रसङ्घलाई १० हजारको सङ्ख्यामा शान्ति सैनिक पठाउन सक्ने जानकारी गराउँदै योगदानअनुसारको भूमिका प्रदान गर्न पटकपटक ध्यानाकर्षण गराउँदै आएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -