Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:३२:३२ बिहान
- ADVERTISEMENT -

‘एनसिसिएस–सिप्यान क्रिकेट अवार्ड’ चैत्र २१ गते

प्रकाशित मिति: २०७६ फागुन १३, मंगलबार

769
Shares

काठमाण्डौँ, १३ फागुन २०७६ । विगतको बर्षजस्तै ‘क्रिकेट खेलाडी संघ नेपाल’ (सिप्यान) ले यस बर्ष पनि ‘एनसिसिएस–सिप्यान क्रिकेट अवार्ड ‘आयोजना गर्ने भएको छ । आइतबार सिप्यानले प्रेस मिट आयोजना गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको क्रिकेट प्रतियोगीतामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई आउँदो चैत्र २१ गते अवार्ड प्रदान गरीने जनाएको हो ।

सो पुरस्कार अन्तर्गत ‘एनसिसिएस–सिप्यान क्रिकेटर अफ द एयर, २०१९–२०’ पुरुष तथा महिला ले जनहि नगद १ लाख ३२ हजार रुपैया पाउनेछन् । त्यस्तै, ‘एनसिसिएस–सिप्यान मोमेन्ट अफ द एयर, २०१९–२०’ पुरुष तथा महिला जनहि ६६ हजार रुपैया पुरस्कार स्वरुप पाउनेछन् ।

पुरानो पुस्तालाई प्रतिनिधित्व गर्ने पुरानो क्रिकेट खेलाडीलाई खेल क्षेत्रमा पुर्याएको योगदानको लागी ‘एनसिसिएस–सिप्यान लाइफटाइम अचिभमेन्ट अवार्ड, २०१९–२०’ पनि दिइने भएको छ । उक्त अवार्ड जित्नलाई ६६ हजार पुरस्कार स्वरुप दिइनेछ ।

सिप्यानले पुरस्कारहरुको लागी योग्य ब्यक्ति छनौट गर्न प्राविधिक समिति गठन गरिने जनाएको छ । तोकिएको मापदण्डको आधारमा समितिको सिफारिस गरेका खेलाडीहरुलाई विभिन्न विधामा पुरस्कार प्रदान गरिने सिप्यानका अध्यक्ष मनिष राज पाण्डेले जानकारी दिए ।

‘एनसिसिएस–सिप्यान मोमेन्ट अफ द एयर, २०१९–२०’ पुरुष तथा महिला को लागी अनलाइन भोटिङको माध्ययमबाट भोट गर्न सकिनेछ ।

कार्यक्रमको मुख्य प्रायोजक एनसिसिएस ग्रुप रहेको छ भने मिडिया पार्टनरको रुपमा हिमालय टेलिभिजिन रहनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -