Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०९:३३ बिहान
- ADVERTISEMENT -

प्याराग्लाइडिङ वल्ड कप ‘एशियन टुर’ पोखरामा शुरु

प्रकाशित मिति: २०७६ फागुन १२, सोमबार

839
Shares

कास्की, १२ फागुन २०७६ । प्याराग्लाइडिङ वल्ड कप ‘एशियन टुर’ तथा १९ औँ संस्करणको ‘नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसीप’ आइतबारदेखि पोखरामा शुरु भएको छ।

नेपाल हवाई खेलकूद संस्थाको आयोजना तथा नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ संघ र नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबको सहयोगमा सञ्चालन भएको प्रतियोगितामा विभिन्न २० राष्ट्रका ८९ खेलाडी सहभागी छन्।

एक/दुई जना खेलाडी आइतबार साँझसम्म थप हुने अनुमान आयोजकको छ। प्रतियोगिता आगामी फागुन १७ गतेसम्म सञ्चालन हुनेछ। ‘एशियन टुर’ मा नेपालसहित अमेरिका, बेलायत, फ्रान्स, जापान, भारत, कोरिया, स्वीट्जरल्याण्ड, जर्मनी, अष्ट्रेलिया, रसिया, इरान, भियतनाम, चाइनिज ताइपेइ, इन्डोनेसियालगायतका देशका पाइलट सहभागी रहेको प्रतियोगिता संयोजक एवं नाका निर्वतमान अध्यक्ष योगेश भट्टराईले बताए।

पहिलो दिन खेलाडीले सराङकोटबाट उडेर खपौँदीमा अवतरण गर्दै अभ्यास गरेको र सोमबारदेखि ‘क्रसकन्ट्री’ विधाको प्रतिस्पर्धा शुरु हुने उनको भनाइ छ। प्रतियोगितामा सहभागिताका लागि नाम दर्ता गराएका १२ जना चिनियाँ खेलाडीले भने अन्तिम समयमा आएर स्थगन गरेका छन्। कोरोना भाइरसका कारणले उनीहरू प्रतियोगितामा सहभागी हुन नसकेको बताइएको छ।

नेपालका १५ जना खेलाडी सहभागी भएको भट्टराईले जानकारी दिए। यस टुरबाट पाँचदेखि आठ जना खेलाडी विश्वकपका लागि छनोट गर्ने योजना छ। यस वर्ष नेपालसहित इन्डोनेसिया र चीनमा तय भएको एशियन टुरबाट छनोट भएका खेलाडीहरू ‘पोइन्ट’ र ‘र्‍याङकिङ’का आधारमा सन् २०२१ मा हुने प्याराग्लाइडिङको विश्वकप सुपर फाइनलमा प्रवेश पाउने छन्।

एयिशाली मुलुकबाट विश्वकपमा सहभागी हुने खेलाडी न्यून रहेको अवस्थामा यस प्रतियोगिताले एशियाली खेलाडीको सङ्ख्या बढाउने विश्वास लिइएको छ। एफएआई (फेडेरेशन एरोनोटिक इन्टरनेशनल) बाट लाइसेन्स प्राप्त गरेको र वल्ड पाइलट र्‍याङकिङमा आवद्ध पाइलटहरू मात्र प्रतियोगितामा सहभागी रहेको हवाई खेलकुद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए।

‘क्रसकन्ट्री’ विधाको प्रतिस्पर्धामा समग्रमा विजेता बन्न सफल पहिलोदेखि दशौँ स्थानसम्मका खेलाडीलाई मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गरिने जनाइएको छ। त्यसैगरी महिला च्याम्पियसनसीप, टिम च्याम्पियनसीप र नेपाली च्याम्पियनमा पहिलोदेखि पाँचौँ स्थानसम्मका विजेतालाई समेत ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

मनोरञ्जनात्मक एवं साहसिक हवाई खेलकुदको माध्यमबाट पर्यटन क्षेत्रको विकास गर्दै राज्यको आर्थिक समृद्धिमा टेवा पुर्‍याउनुका साथै नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन प्रतियोगिताले मद्दत पुग्ने दाबी आयोजकको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -