गोरखा, १० फागुन २०७६ । नवौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सिरानचोकमा हुने भएको छ ।
जिल्ला भित्रका अन्तर पालिका मा बि स्तरिय खेलकुद प्रतियोगिता यहि चैतको २५, २६ र २७ गते सिरानचोक गाउँपालिकामा गर्ने निर्णय गरिएको हो ।
नवौं जिल्ला स्तरिय राष्ट्रपती रनिङशिल्ड प्रतियोगिता निर्देशक समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
तियोगितामा जिल्लाका ११ वटै पालिकाका स्वर्ण र रजत पदक बिजेता विद्यार्थीहरुले सहभागिता जनाउन पाउने छन् । प्रतियोगितामा भलिबल, कबडी, एथलेटिक्स् र मार्सल आर्ट लगायत अन्य विभिन्न विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
बैठकले फागुन मसान्त भित्र सबै पालिकाले प्रतियोगिता गरी जिल्ला खेलकुद बिकास समितिमा बिजेता खेलाडीको नाम पठाउन आग्रह गरिएको छ । हालसम्म बारपाक सुलिकोट, गण्डकी, सिरानचोक, शहिद लखन गाउँपालिकाले उक्त प्रतियोगिता गरिसकेको छ ।









































