Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०८:४६ दिउँसो
- ADVERTISEMENT -

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई तत्काल बर्खास्त गर्न माग

प्रकाशित मिति: २०७६ फागुन ८, बिहीबार

748
Shares

काठमाडौं, ८ फागुन २०७६ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौला पन्तले सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई तत्काल बर्खास्त गर्न माग गरेकी छन् ।

प्रेस कमिसन प्रकरणमा अडिओ टेप सार्वजनिक भएकोले मन्त्री बाँस्कोटालाई बर्खास्त गरी अनुसन्धान गर्न उनले माग गरेकी छन् ।

उनले बाँस्कोटाले तत्काल राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्न पनि आग्रह गरेकी छन् । ‘समृद्ध नेपाल सुखी नेपालीको नारा अब समृद्ध गोकुल बाँस्कोटा, सुखी केपी ओली बनाउँदा फरक परेन । मन्त्रीको कुर्सीमा बसेर दलाली र लूटधन्दा चलाउने बास्कोटाले राजीनामा दिनुपर्छ’ उनले भनिन्, ‘अनुसन्धान प्रक्रिया अगाडि बढाउन माग गर्दछु ।

प्रधानमन्त्रीको निकट रहेर लूटको अपराध चलाउने छुट कसैलाई छैन । साथै सञ्चारमन्त्रीबाट भएका अरू सम्पूर्ण भ्रष्टाचारको छानवीन गर्न सरकार संग समक्ष माग गर्दछु ।’
सांसद संग्रौलाले उनको संकल्पको गहिराई र भ्रष्टाचारप्रतिको अरूचि आज छर्लङ्ग भएको बताएकी छन् ।

‘केही समय अघि सञ्चार तथा सूचना प्रविधिमन्त्री बास्कोटाले भन्नुभएको थियो, ‘भ्रष्टाचार गर्ने बानी पनि आफ्नो नपरेको र, नगर्ने संकल्प गरेको हुँदाले त्यसतर्फ आफ्नो कुनै रूचि रहेन ।’ उहाँको संकल्पको गहिराई र भ्रष्टाचारप्रतिको अरूचि आज छर्लङ्ग भएको छ’ उनले भनिन्, ‘सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा स्वीस कम्पनीका लोकल एजेन्ट विजय मिश्रसँग ७० करोड रूपैयाँको डिल गरेको अडियो संवादले बास्कोटाको असली कर्म प्रष्ट भएको छ ।’

साथै उनले प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचारीको मुख हेर्दिन भनेर दिएको अभिव्यक्तिको स्मरण गरेको बताइन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -