काठमाण्डौँ, ६ फागुन २०७६ । संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले आफू मातहतका सवै स्थानीय तहलाई प्रजातन्त्र दिवस मनाउन उर्दी गरेको छ ।
मन्त्रालयले भोलि (७ फागुन) मा प्रजातन्त्र दिवस मनाउन देशभरका स्थानीय तहलाई पत्राचार गरेको हो ।
मन्त्रलायलले स्थानीय सरकारलाई राष्ट्रिय झण्डा फहराउन, ब्यानर प्रदर्शन, सरसफाइ लगायत गतिविधि गरी दिवस मनाउन भनिएको छ ।
मन्त्रिपरिषदको निर्णयअनुसार, मन्त्रालयले स्थानीय तहहरुलाई प्रजातन्त्र दिवसका लागि पत्राचार गरेको छ ।
प्रजातन्त्र दिवसको अवसरमा नेपाली सेनाले टुडिखेलमा विशेष समारोहकै आयोजना गर्दैछ ।








































