Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१२:२३ बिहान
- ADVERTISEMENT -

‘रोग सर्छ भन्ने कुरा हल्ला मात्रै’

प्रकाशित मिति: २०७६ फागुन ६, मंगलबार

945
Shares

भक्तपुर, ६ फागुन २०७६ । कोभिड नाइन्टिन (कोरोना भाइरस) को प्रकोप फैलिएको चीनको वुहानबाट उद्धार गरी ल्याइएका नेपालीको दैनिकी खरिपाटीमा खेलकुदमा बितिरहेको छ ।

रोग फैलने त्रास रहेका वरपरका वासिन्दाले विस्तारै कुरा बुझ्न थालेका छन् ।

स्थानीय रामलाल महर्जन भन्नुहुन्छ, “बिरामी त होइन रहेछन्, किन यहाँ ल्याएको होला ? घरै लगे पनि हुने थियो । रोग सर्छ भन्ने कुरा हल्ला मात्रै जस्तो लाग्यो ।” उहाँले त्यति रमाइलो गरेर बसिरहेकाहरूलाई रोगी भन्न नसक्ने बताउनुभयो ।

हुन पनि चीनबाट आएका नेपालीको दैनिकी मस्तीले बितेको छ । उनीहरूलाई सहज होस् भन्ने उद्देश्यले सरकारले इन्टरनेट, टेलिभिजन, विभिन्न खेलकुदका सामग्रीहरूको व्यवस्थासमेत गरिदिएको छ । क्वारेन्टाइनमा बस्ने नेपालीले आफूले सोचेभन्दा पनि धेरै राम्रो व्यवस्थापन गरेकोमा सरकारको प्रशंसासमेत गरिरहेका छन् ।

सोमबार भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा पुग्दा रमाइलो दृश्य देखिन्थ्यो । क्वारेन्टाइनमा बसेकाहरूको तीन टोली क्वारेन्टाइनको छतमाथि बसेर क्यारामबोर्ड खेलिरहेका देखिन्थे । केही लुडो, केही ब्याडमिन्टनसमेत खेलिरहेका थिए । सरकारले विभिन्न क्षेत्रका मानिसलाई क्वारेन्टाइन व्यवस्थापनमा खटाएको छ ।

स्वास्थ्य क्षेत्रमा नेपाली सेनाका चिकित्सक डा. नवीन फुयालको नेतृत्वमा टोली खटाइरहेको छ । डा. फुयालले गोरखापत्रसँंग कुरा गर्दै स्वास्थ्य क्षेत्रबाट गर्नुपर्ने सम्पूर्ण व्यवस्थापन गरिएको बउनुभयो । उहाँले क्वारेन्टाइनमा बस्ने १७५ जना स्वस्थ रहेको जानकारी दिँदै सुरक्षाको दृष्टिकोणबाट मात्र राखिएको बताउनुभयो । डा. फुयालले खाना, बस्न, खेलकुद, मनोरञ्जन, इन्टरनेटको समेत व्यवस्था गरिएको बताउनुभयो ।

“उहाँहरूलाई कुनै किसिमको कमी भएको महसुस हुन दिएका छैनाँै,” डा. फुयालले भन्नुभयो, “स्थानीयवासीलाई बिरामी नै ल्याएको हो कि जस्तो लागेको छ, यो भ्रमलाई चिर्नु जरुरी छ ।”

डा. फुयालले त्यहाँ रहेका सम्पूर्ण नेपाली स्वस्थ रहेको र वरपर रोग सर्ने कुनै सम्भावना नरहेको बताउनुभयो । खकार परीक्षणका लागि टेकु पठाइएको जानकारी दिँदै उहाँले बुधबार रिपोर्ट आइसक्ने जानकारी दिनुभयो । अहिलेसम्म कुनै पनि नेपालीलाई रुघाखोकी, ज्वरोजस्ता समस्या नदेखिएकाले आइसोलेसनमा समेत जानु नपरेको बताउनुभयो । सोमबार दिउँसो नै भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, नेपाल प्रहरीका भक्तपुर प्रमुख (एसपी) सविन प्रधानलगायत क्वारेन्टाइन स्थल खरिपाटी पुग्नु भई त्यहाँ राखिएका नेपालीबारे जानकारी लिनुभएको थियो ।

प्रमुख जिल्ला अधिकारी भण्डारीले सरकारले सम्र्पूण व्यवस्थापन राम्रो रहेकोे बताउनुभयो । उहाँले स्थानीयसँंग छलफल गरेर नै क्वारेन्टाइनको व्यवस्था गरेको स्पष्ट गर्दै सुरुसुरुमा भने नबुझेका कारण विरोध गरेको जानकारी दिनुभयो । सर्वपक्षीय बैठक बसेर नै क्वारेन्टाइनको निक्र्योल गरेको उल्लेख गर्दै भण्डारीले चीनबाट आएका नेपालीको बसोबासमा कुनै पनि समस्या नरहेको जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी भण्डारीले नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीले सुरक्षा दिइरहेको बताउनुभयो ।

क्वारेन्टाइन स्थल पुग्नुभएका अभिभावक दिनेश श्रेष्ठले आफ्ना छोराछोरीका लागि सरकारले चीनबाट उद्धार गरेर ठूलो सहयोग गरेको भन्दै सरकारको प्रशंसा गर्नुभयो । डा. फुयालले आफन्तहरूलाई भेट गर्न नदिइएको र अभिभावकले ल्याएको खानेकुरासमेत नलिएको बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -