Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०३:२९ बिहान
- ADVERTISEMENT -

मैले ३० दिन प्रहरी हिरासत र १०३ दिन कारागारमा बसी तथाकथित आरोप खेपेको छु’ : महरा

प्रकाशित मिति: २०७६ फागुन ५, सोमबार

760
Shares

काठमाडौं, ५ फागुन २०७६ । पूर्वसभामुख तथा दाङ क्षेत्र नं. २ का सांसद कृष्णबहादुर महराले जेलबाट छुटेपछि स्वाधिनताको रक्षा आफ्नो पहिलो र उच्च प्राथमिकतामा रहने बताउनु भएको छ ।

जेलबाट छुटेलगत्तै प्रेस विज्ञप्ति जारी गर्दै महराले भन्नुभएको छ, ‘एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधिनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सधै थियो, छ र रहिरहनेछ ।’ पूर्वसभामुख महराले नेपालको राष्ट्रिय स्वाधिनता र नेपाली जनताको स्वतन्त्रता इतिहासदेखि नै गौरवपूर्ण रहेको छ र रहिरहने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

विज्ञप्तिमा महराले जेलबाट छुट्दाका दिनसम्म सहयोग गर्ने सबैप्रति धन्यवाद तथा आधार व्यक्त पनि गर्नुभएको छ ।

प्रेस विज्ञप्तिको पूर्णपाठ :

आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु,

अन्ततः ममाथि लगाइएको आरोप गलत सावित भएको छ । सम्मानित अदालतले मलाई निर्दोष ठहर गर्दै सफाई दिएको छ । म सम्मानित अदालतप्रति विशेष आभार एवं धन्यवाद व्यक्त गर्दछु । यसक्रममा सक्रियतापूर्वक पहल र सहयोग गर्ने मेरो परिवारका सम्पूर्ण सदस्यहरु, मित्रहरु, मेरो पक्षमा वकालत गर्ने कानुन व्यवसायीहरु र राजनैतिक व्यक्तित्वहरुप्रति हार्दिक आभार प्रकट गर्दछु ।

म ३० दिन प्रहरी हिरासत र १०३ दिन डिल्लीबजार कारागारमा बसी तथाकथित आरोप खेपेको छु । यस अवधिमा मलाई सद्भाव र सहानुभूति दिनुहुने मेरा समर्थकहरु, शुभचिन्तकहरु, अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी मित्रहरु, प्रहरी मित्रहरु र डिल्लीबजार कारागारका सम्पूर्ण बन्दी साथीहरुलाई हार्दिक आभारसहित धन्यवाद दिन चाहन्छु ।

एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधिनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सधै थियो, छ र रहिरहनेछ । नेपालको राष्ट्रिय स्वाधिनता र नेपाली जनताको स्वतन्त्रता इतिहासदेखि नै गौरवपूर्ण रहेको छ र रहिरहनेछ ।

कृष्ण बहादुर महरा प्रतिनिधिसभा सदस्य,

दाङ– २

मिति २०७६ फागुन ५ गते

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -