काठमाडौँ, ३ फागुन २०७६ । आज सम्पन्न कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा रुस्लान थ्री स्टारका अनन्त तामाङ उत्कृष्ट डिफेन्डर बन्दा आर्मीका भरत खवास उत्कृष्ट फरवार्ड चुनिए ।
व्यतिगत प्रदर्शनमा उत्कृष्ट हुने क्रममा मनाङ मर्स्याङ्दी क्लबका दीप कार्की लिगकै उत्कृष्ट गोलकिपर चुनिए । त्यस्तै, सानमिगेल मछिन्द्र क्लबका प्रशिक्षक प्रवेश कटवाल उत्कृष्ट प्रशिक्षकको रुपमा पुरस्कृत भए ।
मछिन्द्रका विशाल राई उत्कृष्ट मिडफिल्डर चुनिदा आर्मीका भरत खवास उत्कृष्ट फरवार्ड चुनिए । एनआटीका दर्शन गुरुङ शाह युवा खेलाडी चुनिएका छन् । सबै व्यतिगत उच्च प्रदर्शन गर्ने खेलाडीहरुलाई नगदसहित पुरस्कृत गरियो।
च्याम्पियन मछिन्द्रले १३ खेलमा १० जित २ मा बराबरी र १ मा हार आत्मसाथ गर्यो । उपविजेता आर्मी १३ खेलमा ९ मा जित, समान २ मा हार र बराबरी सहित २९ अंक रहँदै दोस्रो स्थानमा रह्यो ।









































