Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०२:३९ बिहान
- ADVERTISEMENT -

‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को उपाधि जापानका ताकानाशी रोसुकीको हातमा

प्रकाशित मिति: २०७६ फागुन ३, शनिबार

845
Shares

कास्की, ३ फागुन २०७६ । पोखरामा आज सम्पन्न भएको १४औँ संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को उपाधि जापानका ताकानाशी रोसुकीले जित्नुभएको छ ।

भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा पोखरा रङ्गशालाबाट शुरु भएको म्याराथन निर्धारित दूरी दुई घण्टा २६ मिनेट ५१ सेकेण्डमा पूरा गरी उहाँ च्याम्पियन बनेर उपाधिसहित रु दुई लाख पुरस्कार प्राप्त गर्नुभयो । १३औँ सागमा स्वर्ण विजेता सशस्त्र प्रहरीका किरण बोगटीले दोस्रो स्थानमा चित्त बुझाउनुभयो । दुई घण्टा २८ मिनेट ८ सेकेण्ड समयमा निर्धारित दूरी पार गरी द्वितीय बन्नुभएका उहाँले रु एक लाख पुरस्कार प्राप्त गर्नुभयो ।

गण्डकी प्रदेशका अनिष थापामगरले दुई घण्टा २९ मिनेट तथा सशस्त्र प्रहरीका गणेश सिंह ठकुरीले दुई घण्टा ४१ मिनेटमा दौड पूरा गरी क्रमशः तेस्रो र सान्त्वना स्थान हासिल गरी रु ७५ र रु १५ हजार पुरस्कार पाउनुभयो । उपाधि विजेता ताकानाशीले जापानको कोमागाने शहरबाट पहिलो पटक पोखरामा सहभागी भएर म्याराथनको उपाधि जित्दा खुशी भएको बताउनुभयो । पोखरा शहर र कोमागानेबीच मितेरी सम्बन्ध गाँसिएपछि दुवै शहरबीचको सम्बन्ध प्रगाढ बनेको चर्चा गर्दै उहाँले आगामी दिनमा समेत आफूलगायतका धावकहरु म्याराथनमा सहभागी बन्ने जानकारी दिनुभयो ।

त्यसैगरी १० किमी महिला पुरुष दौडमा पूर्णबहादुर कार्की प्रथम, याङ्गदेव राई द्वितीय र आशिष कुँवरले तेस्रो स्थान हासिल गरी क्रमशः रु १५ हजार १० र पाँच हजार पुरस्कार प्राप्त गर्नुभयो । महिलातर्फ इन्द्रकला प्रथम, अनिता राई द्वितीय र विदेशी खेलाडी वेन्डी तृतीय भई क्रमशः रु १५ हजार १० र पाँच हजार पुरस्कार प्राप्त गर्नुभयो ।

पाँच किमी पुरुष तथा महिला दौडमा पुरुषतर्फ विनोद गुरुङ, विवेक परियार र प्रदीप भुजेल तेस्रो हुनुभयो भने महिलातर्फ विनु विक प्रथम, प्रतिक्षा सुवेदी द्वितीय र मधुरीदेवी कुर्मीले तेस्रो स्थान हासिल गर्नुभयो । उहाँले क्रमशः रु १०, सात र चार हजार पुरस्कार प्राप्त गर्नुभयो । दृष्टिविहीन पुरुषतर्फको दौडमा प्रमोद दाहाल, आशिक ख्वाउजी र प्रेम क्षेत्री क्रमशः प्रथम, द्वितीय र तृतीय बन्नुभयो भने महिलातर्फ विनिता पुन, सिर्जना परियार र सुकमाया विक क्रमशः प्रथम, द्वितीय र तृतीय बन्न सफल हुनुभयो ।

ह्वीलचियर दौड पुरुषतर्फ सुरेश गौली, भरत अधिकारी तथा महिलातर्फ पुनम विक, धना मगर र लक्ष्मी सुनार क्रमशः प्रथम, द्वितीय र तृतीय बन्नुभएको थियो । दृष्टिविहीन तथा ह्वीलचियर दौडमा विजेतालाई क्रमशः रु पाँच हजार, तीन हजार र दुई हजार पुरस्कार प्राप्त गर्नुभएको थियो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित मन्त्री, प्रदेशसभा सदस्यलगायतले दौडमा सहभागिता जनाउनुभएको थियो । म्याराथनमा १२० धावकले सहभागिता जनाएको तथा दौडमा सात हजार हाराहारीमा सहभागिता रहको मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -