Opens in a new tab
२०८३ मंसिर १, सोमबार
५:३२:५७ बेलुका
- ADVERTISEMENT -

कोरोनामाथि जितपछि आयोजनाका काम फेरि सुरु : राजदूत होउ

प्रकाशित मिति: २०७६ फागुन ३, शनिबार

779
Shares

काठमाडौं, ३ फागुन २०७६ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले कोरोना भाइरसका कारण अहिले चिनियाँहरूले गर्दै आइरहेको कामका आयोजनाहरूमा असर पुगेको उल्लेख गर्दै केही समयपछि उक्त भाइरसविरुद्धको जितसँगै आयोजनाहरूका काम फेरि सुरु हुने बताएकी छन् ।

चिनियाँहरूले निर्माण गरिरहेको नेपालका आयोजनाहरू केही समयदेखि प्रभावित भएको सार्वजनिक भएपछि राजदूत यान्छीले सञ्चारकर्मीलाई आफ्नो लिखित धारणा पठाउँदै त्यसबारेमा स्पष्ट पारेकी हुन्। धेरै चिनियाँहरू केही समयअघि चीनमा पर्व मनाउन गएको र भाइरसका कारणले उनीहरू अहिले फर्कन नसकेको पनि उनले बताइन्। ‘कोरोनाविरुद्ध लडेर अन्त्यमा जब हामी सफलता हासिल गर्छौं। त्यसपछि नेपालका आयोजनाहरूका काम फेरि सुरु हुनेछन्,’ उनको भनाइ छ।

नेपालले मनाइरहेको नेपाल भ्रमण वर्ष–२०२० मा चिनियाँ पर्यटक कम आउँदा समस्या पर्न गएको पनि उनले बताइन्। उनले यो समयमा चीनबाट ओहोरदोहोर नहुँदा नेपाल भाइरस संक्रमण हुनबाट जोगिएको पनि उल्लेख गरिन्। ‘यसले गर्दा अन्य मुलुकका पर्यटकहरूलाई नेपाल भ्रमण गर्ने वातावरण बनेको छ,’ यान्छीको निचोड छ। उनले चीन कोरोना भाइरसका कारण समस्यामा परेको बेलामा नेपालले सहयोग गरेको पनि बताइन्। कान्तिपुरबाट ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
165.88
166.54
GBP
UK Pound Sterling
1
198.90
199.69
CHF
Swiss Franc
1
179.38
180.09
AUD
Australian Dollar
1
101.91
102.32
CAD
Canadian Dollar
1
105.46
105.88
SGD
Singapore Dollar
1
116.85
117.32
JPY
Japanese Yen
10
9.42
9.46
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.30
41.47
THB
Thai Baht
1
4.44
4.46
AED
UAE Dirham
1
40.97
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.27
11.31
SEK
Swedish Kroner
1
14.94
15.00
DKK
Danish Kroner
1
22.19
22.28
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.07
400.66
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -