Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५६:४५ बिहान
- ADVERTISEMENT -

पोखरा म्याराथनको तयारी पुरा, ७ हजार दौडने, पोखरेली मञ्च युकेको ७ लाख ५० हजार हजार सहयोग

प्रकाशित मिति: २०७६ फागुन १, बिहीबार

641
Shares

पोखरा, १ फागुन २०७६ । यहि फागुन ३ गते भुतपुर्व खेलाडी मञ्च नेपालको आयोजनामा हुने १४ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

अन्तिम तयारी बारे जानकारी गराउँदै मञ्चका अध्यक्ष तेज गुरुङले यस पटकको म्याराथनमा ७ हजार दौडने अपेक्षा रहेको बताएका छन । गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ प्रमुख संरक्षक र पोखरा महानगरपालिकाका मेयर मान बहादुर जि।सी संरक्षक रहेको म्याराथनको सबै तयारी पुरा भइसकेको जानकारी दिंदै अध्यक्ष गुरुङले विश्वमा विभिन्न मुलुकमा सिटी म्यराथानको अवधारणको विकास भइरहेको र त्यसका माध्यमबाट पोखरालाई पनि खेलकुदको विश्व मानचित्रमा स्थापित गराई खेलकुद पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना भएको बताए ।

२०५८ सालमा स्थापना भएको मञ्चले मुलुकको खेलकुद विकासमा सहयोग पुर्ने र खेलकुदको महत्वबारे जनचेतना अभिवृद्धि गराई समग्र समाजमा खेल संस्कृतिको विकास गर्ने उद्देश्यका साथ म्यराथन आयोजना सुरु गरेको बताउँदै अध्यक्ष गुरुङले पोखरा महानगरपालिकाले म्याराथनलाई आफ्नो प्रमुख इभेन्टको रुपमा सहकार्य गर्दै आएको उल्लेख गर्दै अध्यक्ष गुरुङले विदेश स्थित विभिन्न देशमा रहेका नेपालका विभिन्न संघ–संस्था पोखरेली मञ्च यु।के। सहारा यु।के, हङकङ नेपाली समाज, अमेरिका स्थित बोष्टनमा बसोबास गर्नेहरुले सहयोग रहेको जानकारी अध्यक्ष गुरुङले दिए ।

पोखरा म्याराथनका लागि पोखरेली मञ्च यूकेका अध्यक्ष मान प्रसाद गुरुङ, पोखरा म्याराथन युकेका संयोजक मञ्जु गुरुङ पोखरा आइसकेका छन् । भलिबलकी पूर्व राष्ट्रिय खेलाडी मञ्जु गुरुङ र धावक पाण्डव महतो पनि म्याराथनमा दौडदैछन् । दुवैजना क्यान्सर रोगलाई जितेर खेलकुद र सामाजिक अभियानमा जुटेका छन् । समयमा रोगका बारेमा जानकारी भए उपचार गर्न सकियो भने क्यान्सर जस्तो रोग पनि निको हुने सन्देश दिनका लागि आफ्नो दोस्रो पटक पोखरा म्याराथनको १० किलोमिटरमा सहभागी हुन लागेको पूर्व खेलाडी गुरुङले बताइन् ।

गैर आवाशिय नेपाली संघ (एन।आर।एन) यूकेका अध्यक्ष पुनम गुरुङ सहित सहारा युके, बगर भाई खलक यूके लगायतको टोली नेपाल भ्रमण २०२० लाई पोखरा म्याराथन मार्फत थप उजागर गर्न र उत्साह जगाउन पोखरा आइसकेको आयोजकले जनाएको छ । पोखरासंग भगिनी सम्वन्ध रहेको जापानको कोमागाने शहरको उत्कृष्ट धावक समेत सहभागिताका लागि पोखरा आइसकेका छन भने पोखरा म्याराथनलाई विश्व शान्तीको कामना गर्दै पिस टर्च सहित दौडन १३ विभिन्न देशका २१ जना विदेशी धावकहरु पोखरा आइसकेको गुरुङले जानकारी दिए । टोलीको नेतृत्व युनेस्कोका पूर्व अध्यक्ष डेभिडसन हेप्वर्नले गर्नेछन् ।

म्याराथनको रुटले महानगरका १ देखि १७ नं वडामा परेको छ । रुट पर्ने चोकहरुमा स्थानिय विभिन्न संघ–संस्था, आमा समुह र सांस्कृतिक समुहहरुले आ–आफ्नो भेष–भुषा, पञ्चे वाजा गाजा, भजन चुड्का सहित धावकहरुलाई स्वागत गर्ने कार्यक्रम रहेको पनि बताइएको छ । म्याराथनमा धावकहरु दौडने रुटमा अति आवश्यक बाहेक अन्य सार्वजनिक र निजी यातायत सेवाहरु रोक्ने प्रतिबद्धता यातायात व्यवसायस्हरुले गरेका छन । पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र केसी, राष्ट्रिय यातयात व्यवसायी महासंघ कास्की समन्वय समितीका अध्यक्ष केदार पौडेलले यस्तो प्रतिवद्धता गरेका थिए ।

अर्को वर्षदेखि १५ औं सस्करणको म्याराथनको मुख्य आयोजकका रुपमा पोखरा महानगरपालिका रहने गरि अघि बढ्नुले सिटी म्याराथनको अवधारणलाई महानगरले ग्रहण गरेको रुपमा लिएको छ । प्रतिष्ठित औधोगिक प्रतिष्ठान लक्ष्मी गु्रप अन्तर्गत सुजल डेरीको उत्पादन सफल दुधले मुख्य प्रायोजन गर्ने म्याराथनको सुरुवात पोखरा रंगशालाबाट हुनेछ ।

३५ लाख रुर्पैयाँ भन्दा बढी खर्च हुने अनुमान गरिएको म्यराथनका विजेताले २ लाख दोस्रोले १ लाख र तेस्रो हुने खेलाडीले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । महिला र पुरुष दुवैतर्फका १० हजार मिटर दौडका विजेताले १५ हजार रुपैयाँ, ५ किलोमिटर दौड छात्र र छात्राका विजेताले समान १०, दृष्टी विहिन पुरुष महिला विजेताले ५ हजार, ह्विल चियरका विजेताले ५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

पोखरेली मञ्च युकेको सहयोग
१४ औं सस्करणको पोखरा म्याराथन सफल बनाउन पोखरेली मञ्च युकेले भुतपुर्व खेलाडी मञ्च नेपाललाई ७ लाख ५० हजार नगद सहयोग गरेको छ । युकेमा पूर्व राष्ट्रिय खेलाडी मञ्जु गुरुङ संयोजक रहने गरि गठित समिती उक्त रकम संकलन गरि प्रदान गरेको हो । मञ्चका अध्यक्ष मान प्रसाद गुरुङ र संयोजक मञ्जु गुरुङले उक्त रकमको चेक तेज गुरुङलाई हस्तान्तरण गरेका छन । पोखरेली मञ्च युके भुतपुर्व खेलाडी मञ्चको अन्तर्राष्ट्रिय सहयोगी संस्था समेत हो । गत वर्ष बाट मञ्चले सहयोग गर्दै आइरहेको छ । यसका अलवा मञ्चले विजेता धावकहरुका लागि वेलायतमा निर्मित मेडलहरु समेत मञ्चका अध्यक्ष गुरुङलाई प्रदान गरेको छ ।

यसै गरि अपाङ्गहरुका लागि हुने ह्विल चियर रेसका विजेताहरुलाई नगद रकम प्रदान गर्न कास्की जिल्ला गल्फ संघका अध्यक्ष मेजर लक्ष्मी गुरुङ एमभिओले नगद २० हजार आफ्नो तर्फ बाट सहयोग गरेका छन ।

यसै विच सहारा युकेले भुतपुर्व खेलाडी मञ्चका अध्यक्ष तेज गुरुङलाई सम्मान गरेको छ । सहारा युके अंकित स्कार्फ लगाउँदै सहारा युकेका महासचिब धनु थकालीले १४ औं सस्करणको पोखरा म्याराथनको भव्य सफलताको शुभकामना समेत व्यक्त गरे । उनले अध्यक्ष कुमार गुरुङको सन्देशका बारेमा जानकारी दिंदै पोखरा म्याराथनमा सबैको उत्तिकै सहयोग र समर्थन रहेको बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -