Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:५२:५७ बिहान
- ADVERTISEMENT -

सेनाको इतिहास सधैँभरि गर्व गर्न लायक : उप-प्रधानमन्त्री

प्रकाशित मिति: २०७६ फागुन १, बिहीबार

700
Shares

काठमाडौँ, १ फागुन २०७६ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले शान्ति स्थापनामा नेपाली सेनाको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

नेपाली सेनाले आज शिवपुरीमा सञ्चालन गरेको सेमिनारको उद्घाटन गर्दै उहाँले शान्ति स्थापनार्थ सेना अहोरात्र खटिएको उल्लेख गर्नुभयो ।    
    
उहाँले नेपालमा सशस्त्र विद्रोहको कुशलतापूर्वक व्यवस्थापन गरिएको बताउनुभयो । संसारमा आन्तरिकसँगै बाह्य कारणले द्वन्द्व बढ्ने गरेको प्रसङ्ग उल्लेख गर्दै उहाँले त्यसलाई आन्तरिकरुपमा एकबद्ध भएर समाधान गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नेपालले विगतमा एक दशकसम्म सशस्त्र द्वन्द्वको अनुभव बटुलेको र त्यसको समाधान विश्वमै उदाहरणीय भएको उहाँको भनाइ थियो ।    
    
नेपाली सेना ज्यानको बाजी थापेर संसार भरी खटिएको भन्दै रक्षामन्त्रीसमेत रहनुभएका पोखरेलले संयुक्त राष्ट्रसङ्घले समेत नेपाली सेनाको प्रशंसा गरेको उल्लेख गर्नुभयो । “सेनाको इतिहास सधैँभरि गर्व गर्न लायक रहेको छ”, उहाँले भन्नुभयो, “नेपाली सेना जहिल्यै पनि साधक रह्यो, बाधक बनेन् ।” दैवीप्रकोपका घटनामा सेनाले अह्म भूमिका निर्वाह गर्दै आएको उहाँले स्मरण गर्नुभयो । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सपना साकार पार्न सेनाको भूमिका अह्म रहने उहाँले बताउनुभयो ।    
    
“नेपाली सेनासित भएको अनुभव अन्य देशका लागि पनि उपयोगी हुन्छ”, उहाँले भन्नुभयो । उद्घाटन समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापा, रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका उच्चपदस्थ अधिकृतलगायतको उपस्थिति रहेको थियो ।    
    
दुई दिनसम्म चल्ने उक्त सेमिनारमा विभिन्न मन्त्रालयका प्रतिनिधि, अन्य सुरक्षा निकायका प्रतिनिधि, सेनाको कमाण्ड तथा स्टाफ कलेजका शिक्षक तथा शिक्षार्थी अधिकृतसहित १९२ को सहभागिता रहेको छ ।

सेमिनारमा डा विष्णुराज उप्रेती, डा शम्भुराम सिंखडा र सांसद डा दीपकप्रकाश भट्टले छुट्टाछुट्टै विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुनेछ ।    

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -