Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:०७:१३ बिहान
- ADVERTISEMENT -

अमेरिकामाथि नेपालको शानदार जित

प्रकाशित मिति: २०७६ माघ २९, बुधबार

645
Shares

काठमाडौँ, २९ माघ २०७६ । नेपालले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसिय सिरिज अन्तर्गत बुधबार भएको अन्तिम खेलमा अमेरिकालाई आठ विकेटले पराजित गरेको छ। त्यसअघि नेपालले अमेरिकालाई ३५ रनमा ‘अल आउट’ गर्दै विश्व कीर्तिमान बनाएको थियो।

नेपालले ३६ रनको विजय लक्ष्य ५।२ ओभरमा २ विकेट गुमाएर भेट्टाएको थियो। नेपालका दीपेन्द्र सिंह ऐरी ११ बलमा २ चौका र १ छक्का सहित १५ रनमा अविजित रहे । त्यस्तै पारस खड्का १२ बलमा ३ चौका र १ छक्का सहित २० रनमा अविजित रहे । ज्ञानेन्द्र मल्ल १ र सुवास खकुरेल शून्यमा आउट भए । नेपालले एकदिवसीय क्रिकेटमा हात पारेको यो सर्वाधिक छिटो जित हात पारेको हो ।

त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले ओभरमा १२ ओभरमा सबै विकेट गुमाउंदै ३५ रन मात्र बनाउन सक्यो। यो एकदिवसिय क्रिकेटको सर्वाधिक कम योगफल हो । यस अघि सन् २००४ मा जिम्बावे श्रीलंकासँग १८ ओभरमा ३५ रनमा अल आउट भएको थियो ।

अमेरिकालाई कीर्तिमानी कम रनमा समेट्न लेग स्पिनर सन्दीप लामिछानेले ६ ओभरमा १ मेडन राखेर १६ रन खर्चेर ६ विकेट लिए । सन्दीपको यो करिअरकै उच्च प्रर्दशन हो । नेपालबाट एकदिवसिय क्रिकेटमा ६ विकेट लिने सन्दीप पहिलो खेलाडी बनेका थिए । सुशन भारीले ३ ओभरमा १ मेडन राखेर ५ रन खर्चिदै ४ विकेट लिए ।

अमेरिकाका जेभियर मार्सलले १६ रन बनाउनु बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन्।त्यस्तै बलिङतर्फ अमेरिकाका लागि नासथुस केन्जिगेले २ विकेट लिए ।

नेपाली टोलीमा आज एक परिवर्तन भएको छ । कमल सिंह ऐरीको स्थानमा स्पिनर ललित नारायण राजवंशीले स्थान पाएका छन् । जारी सिरिजमा ललितले पहिलो पटक मौका पाएका हुन् ।

नेपालको प्लेइङ ११ :

ज्ञानेन्द्र मल्ल (कप्तान), आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, ललित नारायण राजवंशी, विनोद भण्डारी (विकेटकिपर), करण केसी, पारस खड्का, कुशल मल्ल, सुशन भारी, सुवास खकुरेल र सन्दीप लामिछाने

नेपालको बेन्च :

रोहित कुमार पौडेल, अभिनाश बोहरा र कमल सिंह ऐरी

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -