Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:२८:३७ बिहान
- ADVERTISEMENT -

सात साल भनेको साल मात्रै नभई समाज परिवर्तनको एउटा खास परिघटना : प्रधानमन्त्री

प्रकाशित मिति: २०७६ माघ २८, मंगलबार

630
Shares

काठमाडौँ, २८ माघ २०७६ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्तालाई हाम्रो गौरवपूर्ण सभ्यताको इतिहास र संस्कृति सिकाउनु जरुरी रहेको बताउनुभएको छ ।

आज गृह मन्त्रालयमा ७० औँ प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले लोकतन्त्रमा वर्तमानप्रति जिम्मेवार बन्ने र भविष्यप्रति उत्तरदायी हुने सभ्य समाज हुने तर मनपरी गर्न पाइने छाडातन्त्र स्वीकार्य नहुने स्पष्ट गर्नुभयो ।   

आफ्नो सभ्यताको राम्रा पक्षलाई जोगाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले अग्रजको सम्मान गर्न आग्रह गर्नुभयो । राष्ट्र एकीकरणको समयमा पृथ्वीनारायण शाहले नेतृत्व गरेको प्रसङ्ग जोड्दै प्रधानामन्त्री ओलीले नेपाली जनताकै अथक प्रयासबाट राष्ट्र निर्माणको गौरवपूर्ण इतिहास रचिएको बताउनुभयो, भन्नुभयो ।

“तत्कालीन समयमा कालु पाँडे काटिए, छोरा दामोदर पाँडे पनि काटिए, भीमसेन थापा रेटिएर मारिए, उनका बाबु अमरसिंह थापा अलपत्र भएर हराए, जनताका छोराहरुले रगत र पसिना बगाएर बनाएको देशको इतिहासलाई बिर्सनुहुन्न” भन्नुभयो ।

उहाँले इतिहास र पुर्खाको बलिदानलाई कर्मकाण्डी बनाउनु नहुने बताउँदै भन्नुभयो, “हामी विद्वान् र बहादुर पुर्खाका सन्तान हौँ, त्यसैले इतिहासप्रति गर्व गर्न सिकौँ ।” उहाँले प्रजातन्त्र दिवसमा हरेकको घरमा दीपावली होस् भन्ने कामनासमेत गर्नुभयो । पालिका, वडा, विद्यालय र सङ्घसंस्थाको तहमा समेत दिवस मनाउनुपर्ने उहाँको सुझाव थियो । दिवसहरु बढी सरकारी कार्यक्रम जस्तो देखिएकाले जनताका कार्यक्रमका रुपमा अगाडि बढाउनुपर्ने आवश्यकता देखिएको उहाँले बताउनुभयो ।   

 वि सं २००७, २०४६, २०६२/६३ र वर्तमान संविधान नबुझी नेपाल नबुझिने तर्क गर्दै प्रधानमन्त्री ओलीले हाम्रा सन्ततिलाई त्यस्ता इतिहास बुझाउनु जरुरी रहेको औँल्याउनुभयो । सात साल भनेको साल मात्रै नभई समाज परिवर्तनको एउटा खास परिघटना भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “यसले हाम्रो समाजलाई एउटा अन्धकार युगबाट आधुनिक युगमा प्रवेश गरायो ।”   

संस्कृतिलाई बिगार्न हुन्न   

प्रजातन्त्र मूल समारोह समितिका संयोजकसमेत रहनुभएका प्रधानमन्त्री ओलीले मुलुकको भाषा, संस्कृति र सत्कारलाई बिगार्न नहुनेमा जोड दिनुभयो ।

सञ्चारमाध्यमबाट समाचारमा छापिएको विषय कोट्याउँदै प्रधानमन्त्री ओलीले आफ्नो भाषाको मर्मलाई मार्न नहुने बताउनुभयो ।

“हाम्रो सञ्चारमाध्यमलाई हजुरभन्दा साह्रै सानो लाग्छ, अङ्ग्रेजीमा कपी गरेर मिस्टर/म्याडम भनेर बोलाउँदा राम्रो लाग्छ, कसैलाई तपाईं भन्नुपर्दा अपमान भएजस्तो लाग्छ, त्यस्तो होइन हाम्रो भाषा बच्चाबच्चीलाई माया गरेर तँ भनिन्छ, हुर्किंदै गएपछि तिमी हुन्छ र अग्रज वा सहकर्मीलाई तपाईं भनिन्छ ।” तपाइँ भन्ने आदरार्थी व्यवहार समाजबाटै हटाउने सङ्गठित प्रयास भएकामा प्रधानमन्त्रीले चिन्ता प्रकट गर्नुभयो ।   उहाँले भन्नुभयो,

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -