काठमाडौँ, २५ माघ २०७६ । ललिता निवास जग्गा अनियमितता प्रकरणमा अख्तियारको व्यवहार समान नभएको भन्दै प्रदर्शनमा उत्रिएका विवेकशील नेपालीका रञ्जु दर्शनासहित ११ कार्यकर्ताहरू पक्राउ परेका छन्।
ललिता निवास रहेको बालुवाटार पुगेका विवेकशीलका कार्यकर्तालाई शनिबार प्रदर्शनस्थलबाटै पक्राउ गरिएको हो। पक्राउ पर्नेहरुमा संगीता बाटाजु, आलोक सुबेदी, वृतान्त खनाल, रन्जु दर्शना न्यौपाने, शशिविक्रम कार्की, प्रमेश श्रेष्ठ, शीशिर राई, मनिष खनाल, प्रदिप ज्ञवाली, साधना थुलुङ राई, रजीया बानु रहेको विवेकशीलकी उपाध्यक्ष अजीता राईले जानकारी दिइन् ।
विवेकशिल नेपालीले पक्राउ परेका आफना नेता कार्यकर्तालाई तत्कालै रिहा गर्न समेत माग गरेको छ ।
पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी वृत्त कमलपोखरीमा राखिएको छ।








































